सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटना ज्यान गुमाएका सबैकाे सनाखत भएकाे छ। दुर्घटनामा १५ जनाकाे मृत्यु भएकाे थियाे।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बिहान करिब ८ : १५ बजे दुर्घटनामा परेकाे थियाे।
दुर्घटना परी मृत्यु हुनेमा सिन्धुपाल्चोककाे जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन्।
यस्तै दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङकाे सनाखत भएको छ। दोलखाकै सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीकाे पनि दुर्घटनामा ज्यान गएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।