काठमाडाैं- चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब १० : ३० बजे ५४ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे।
उनलाई उपचारका लागि काठमाडाैंको चाबहिलस्थित ओम अस्पताल लगिएकाे थियाे। अस्पताल पुर्याउदा उनकाे निधन भइसकेको अस्पताल स्राेतले जनाएकाे छ।
उनकाे मृत्युकाे कारण भने अस्पतालले खुलाएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युकाे कारण थाहा हुने बताइएको छ।
भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’लगायतका चलचित्रहरु निर्माण गरेका थिए।
करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।