• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

थवाङ विद्रोहको कथा : २०१५ देखि २०७६ सम्म

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  ०६:१५
1140x725

रोल्पा- जिल्लाको अस्तित्व आउनुपूर्व अहिलेको रोल्पाको भूभाग प्युठान, दाङ, सल्यान र  रुकुममा पर्थ्याे। थवाङ प्युठानमा थियो। प्युठानी शिक्षक खगुलाल गुरुङ र कम्युनिष्ट नेता  मोहनविक्रम सिंहले २०१३ सालमा किसान संगठनको नाममा कम्युनिष्ट पार्टीको आधार तयार गरे। राजनीतिक चेतना अत्यन्तै न्यून रहेको अवस्थामा पनि थवाङमा गठन भएको कम्युनिष्ट पार्टीले आजपर्यन्त थवाङको एकल वर्चस्व कायम गरिरहेको छ। 

नेपाल एकीकरणपूर्व बाईसे चौबीसे राजाहरूको दमन, उत्पीडनविरुद्ध संघर्ष गरि राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै सधै चर्चाको शिखरमा रहने थवाङले अहिलेसम्म पनि उक्त विरासतलाई निरन्तरता दिइरहेको देखिन्छ। बाईसे चौबीसे राजा लालु शाही र कालु शाहीलाई थवाङवाट लखेटेसँगै राज्यसँग प्रतिरोधी भावना वोक्दै आएका उनीहरूले २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा सम्पूर्ण भोट तत्कालीन कम्युनिष्ट पार्टीलाई दिएका थिए। 

२०३७ सालको जनमत संग्रहमा भने सबैले बहुदलमा खसालेका थिए। २०३८ सालको निर्वाचन बहिस्कार गरेको तथा बहुदलमा लागेकै कारण सोही वर्ष तत्कालीन शाही नेपाली सेनाबाट मेजर अपरेशनको सामना गरेको थियो। बहुदलीय व्यवस्था पुनःस्थानासँगै २०४८ सालमा  भएको पहिलो  आमचुनावमा संयुक्त जनमोर्चा नेपालका उम्मेदवार कृष्णबहादुर महरालाई शतप्रतिशत मत दिए। 

२०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा निर्विरोध भएको थियो भने २०५१ को मध्यावधि निर्वाचनमा थवाङवाट ४ भोटमात्र खसेको थियो। यो अवधिसम्म आईपुग्दा थवाङमाथि राज्यको चरम आतंक थियो। यही समयमा पहिलोपटक ४ भोट कम्युनिष्ट इतरका  दललाई परेको हो। २०५४ सालमा थवाङमा मतदान हुन  सकेन। २०५६ को निर्वाचनमा भने सदरमुकाम लिवाङ बस्दै आएका  २  जनाले सेनाको हेलिकप्टेरमा गएर मतदान गरेका थिए।

सात राजनैतिक दल र नेकपा माओवादीबीच भएको शान्ति सम्झौतापछि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा थवाङले सबै मत तत्कालीन माओवादी पार्टीका  अध्यक्ष पुष्पकमल दाहाललाई दियो । निर्वाचन गराउन गएका २ व्यक्तिबाहेक सबै भोट दाहालले पाएका थिए। थवाङवाट मात्रै दाहाले उक्त चुनावमा तीन हजार ६ सय बढी मत पाएका थिए। त्यतिबेला दाहाललाई जिताउन थवाङमा फर्जी मतदान भएको आरोपसमेत लागेको थियो। रोल्पा २ र  काठमाडौं  १० बाट उम्मेदवार बनेका दाहालले एक स्थान रोज्दा रोल्पालाई छाडेर काठमाडौं रोजेपछि दाहालप्रति थवाङीहरू सशंकित हुन थालेका हुन्। 

मोहन वैद्य र दाहालसँगै बस्न नसक्ने भएपछि ०६९ सालमा पार्टी विभाजन भयो। थवाङलाई आफ्नो पक्षमा तान्न दुवै नेताले ठूलै कसरत गरे। पार्टी विभाजनलगत्तै २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा शुन्य मतदान भयो। थवाङीले वैद्यको पार्टी रोजे। वैद्यसँगै रहेका युवा नेता नेत्रविक्रम चन्दले बुढाहरूले क्रान्ति नगर्ने भन्दै २०७२ साल मंसिरमा वैद्यसँग सम्बन्धविच्छेद गरेको बताउँदै नयाँ पार्टी घोषणा गरे। 

विभिन्न समयमा राज्यविरुद्ध विद्रोह गर्र्दै आएको थवाङ पछिल्लो राजनैतिक परिवर्तनसँगै विभाजित भएको बताईन्छ। पैसा र पावरले थवाङलाई केही समय फुटाए पनि अन्ततः एक हुने एक पक्षको विश्वास छ भने अर्को पक्ष वहुलवादी समाजमा वहुल राजनीतिक धु्रविकरण स्वभाविक रहेको अर्को पक्षको बुझाई छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र केपी वली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित थवाङमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट आस्था राख्ने व्यक्तिहरूको पनि उपस्थिति रहेको बताईन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

 चौधौं शताब्दिमा छापकोटे राजा र सत्रौं शताब्दिमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्यविरोधी कित्ताका उभिएको थवाङले एक्काईसौं शताब्दिमा आईपुग्दासमेत आफ्नो पुरानो विरासतलाई कायमै गरेको देखिन्छ। देशमा भएका ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङ परिवर्तनपछि भने सधै सत्ताको विपक्षमै रह्यो। 

मगरवाहुल्य थवाङमा पछिल्लोपटक अन्य जातीको समेत मिश्रित बासस्थान बन्न पुगेको छ। दलित, ठकुरी, नेवारहरू पनि थवाङको वासिन्दा भएसँगै एकल जातीय बसोबास रहेको थवाङ अब बहुजातीय  समाज बन्न पुगेको छ।  समुन्द्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको यो गाउँ समथर भूभागमा छ। साविक थवाङ गाविसमा  करिब १ हजार घरधुरी छ। 

काठको फ्लेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र बाक्ला घरमा प्राचिन कला संस्कृति झल्कने हस्तकलासमेत अंकित छन्। साविक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ जहाँ २२९ घरधुरीको बाक्लो वस्ती छ।  गाउँमा रहेका सबै बस्तीमा ढुंगा विछ्याएर गाउँलाई नै सफासुग्घर राखिएको छ। शहिद स्मृति क्याम्पस,शहिद स्मृति पार्कसमेत समुदायले सञ्चालन र रेखदेख गरेका संरचना हुन्। 
    
सत्ताको विपक्षमा हुनु यहाँको  विशेषता हो। कुनै पनि शासकले आफूहरूलाई नजिक ल्याउने प्रयास नगरेको थवाङीको आरोप छ। राज्यको मूल प्रवाहमा समाहित भएको अनुभूति नगरेका थवाङीहरू दश वर्ष लामो सशस्त्र युद्ध पछिको शान्ति प्रकृया र पछिल्लो राजनैतिक परिवर्तनपछि पनि सन्तुष्ट देखिँदैनन्। ‘विगतमा सिंगो थवाङ सत्ताको विरुद्ध उभिन्थ्यो, पछिल्लो पटक सत्ता र पैसाको वलमा थवाङलाई फुटाउने कोशिस गरियो’, एक युवाले भने। 

थवाङमा निर्वाचन
साल     निर्वाचनको प्रकार                    खसेको मत

२०१५    संसदीय निर्वाचन                     सबै मत खगुलाल गुरुङलाई 
२०१८    गाउँ पंचायत निर्वाचन               धर्मबहादुर रोकाको टिम निर्विरोध
२०२४    गाउँपंचायत निर्वाचन                बर्मन बुढाको टिम निर्विरोध
२०३७    जनमत संग्रह                          शतप्रतिशत भोट बहुदलको पक्षमा
२०३८    राष्ट्रिय पंचायत सदस्य               शतप्रतिशत वहिष्कार
२०३९    गाउँपंचायत निर्वाचन                तुलकुमारी बुढाको टिम निर्विरोध
२०४३    राष्ट्रिय पंचायत सदस्य               सबै बमकुमारी बुढालाई
२०४४    गाउँपंचायत निर्वाचन                कमलबहादुर झाँक्रीको टिम निर्विरोध
२०४८    संसदीय निर्वाचन                     शतप्रतिशत भोट कृष्णबहादुर महरालाई
२०४९    स्थानीय निकायको निर्वाचन       रुजबहादुर  रोकाको टिम निर्विरोध
२०५१    मध्यावधी निर्वाचन                    ४ भोटमात्रै खसेको
२०५४    स्थानीय निकाय निर्वाचन           निर्वाचन हुन सकेन
२०५६    प्रतिनिधि सभा निर्वाचन             २ भोटमात्रै खसेको
२०६४    संविधान सभा सदस्य निर्वाचन    ३ मतबाहेक  सवै भोट पुष्पकमल दाहाललाई
२०७०    संविधान सभा सदस्य निर्वाचन    शुन्य मतदान
२०७४    स्थानीय तह निर्वाचन                २९ प्रतिशत
२०७६    उपनिर्वाचन                           १६ प्रतिशत मतदान भएको

थवाङमा बहुदल
२०१५ देखि ०७० सालसम्म थवाङले बहुदलको अभ्यास गर्न पाएन। हरेक निर्वाचनलाई कम्युनिष्टहरूले  एकतर्फी प्रभाव पार्थे। शतप्रतिशत बहिष्कार वा शतप्रतिशत  कुनै एक  पक्षलाई मतदान यहाँको विशेषता वनेको थियो। कृष्णवहादुर झाँक्री र बर्मन बुढाको तालुकदारी विवादवाट थवाङ २०१२ सालमै फुटेको थियो। कृष्णबहादुरलाई  मुखियावाट  विस्थापित गरि बर्मन आफैं मुखिया हुन चाहन्थे। फलस्वरुप बर्मन पक्षले कृष्णवहादुर पक्षलाई  गाउँमै थुनेर राख्यो।

तीन दिनसम्म बर्मनकै घरमा थुनिएका उनी बर्मन समूहको जितपछि थुनाबाट निस्किए। पछि भूमिसुधार अड्डाले बर्मनलाई नै मुखियाको जिम्मेवारी  दियो। बहुदलीय  व्यवस्था   पुनस्र्थापनापछि २०४८  सालमा भएको संसदीय निर्वाचनमा बर्मन रोल्पा १ वाट निर्वाचित भए। बर्मनको गाउँ थवाङ भने निर्वाचन क्षेत्र नम्बर २ मा  पथ्र्याे।

पञ्चायतकालमा भएका गाउ पञ्चायतका सबै निर्वाचन बर्मन  पक्षधरले जिते। बहुदलीय व्यवस्था पुनस्र्थापना  पछिका सवै निर्वाचनमा तत्कालीन संयुक्त  जनमोर्चाका उम्मेदवार निर्विरोध भए। २०५१ सालमा नेकपा माओवादीले चुनाव बहिष्कार ग¥यो। उक्त निर्वाचन गराउन बाहिरबाट गएकाहरूले ४ वटा भोट खसाले। २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका २ कार्यकर्ताले रुख चिन्हमा भोट खसाले। थवाङमा जनताबाट कम्युनिष्टईतर भोट गएको यो नै पहिलो हो। सदरमुकाम बस्दै आएका नेपाली कांग्रेसका २ कार्यकर्तालाई हेलिकप्टेरद्वारा भोट खसाल्न थवाङ लगिएको थियो।

२०७४ को चुनावपछि मात्रै थवाङमा बहुदलीय प्रतिस्पर्धा सुरु भएको  हो। तत्कालीन माओवादी पार्टीमा आएको फुटपछि मात्रै थवाङमा बहुदलको अस्तित्व देखिन थालेको हो। राज्य पुनरसंरचनासँगै साविक थवाङ गाविसलाई हाल थवाङ गाउँपालिका १ र २ मा राखिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा थवाङ गाउँपालिका १ मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। उक्त वडावाट स्वतन्त्र  उम्मेदवार फर्कबहादुर बुढाले ३५९ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रिस पुनले उक्त  निर्वाचनमा २५६ मत ल्याएका थिए।

नेकपा एमालेका उम्मेदवार तिर पुनले १३ मत प्राप्त गरेका थिए। यसैगरि वडा २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्ती ४१० मत प्राप्त गरि विजयी भएका थिए। स्वतन्त्र  उम्मेदवार लिलाराम रोकाले २९५ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार ज्ञानवहादुर रोकाले ३८ मत प्राप्त गरेका थिए। 

वडा नम्बर १  का वडाध्यक्ष फर्कबहादुर बुढाको मृत्युपश्चात् गत मंसिर १४ गते भएको उपनिर्वाचनमा सो वडामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रतिस्पर्धा गरेका थिए। १ हजार २८८ मतदाता रहेको सो निर्वाचनमा २०९ मत खसेको थियो। खसेको मतको आधारमा नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का उम्मेदवार जनक बुढाले १७४ मत प्राप्त  गरेका थिए। नेपाली  कांग्रेसका कलम रोकाले सो निर्वाचनमा २६ मत प्राप्त गरेका थिए। २०७४ सालको निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले वहिष्कार गरे पनि कार्यकर्ताले भने स्वतन्त्र उम्मेदवारी दिएका  थिए।

पार्टी  अनुशासन नमानेको भन्दै थवाङको नेतृत्व तहमा रहेका युवा नेता अमित घर्ती लगायतलाई पार्टीले कारबाहीसमेत गरेको थियो। गत मंसिर १४ मा सम्पन्न उप निर्वाचनमा भने विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले निर्वाचनमा  सहभागिता जनाएन।

परिणामतः १६ प्रतिशतमात्रै मतदान भयो। पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसले मत बढाएको छ। ४ वटा मतमात्रै भएको  नेपाली कांग्रेसले उप निर्वाचनमा २६ मत प्राप्त गर्नु लोकतान्त्रिक  विचारको जीत  भएको नेपाली  कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकवहादुर खत्रीको भनाइ छ। ‘थवाङमा पनि कांग्रेसप्रति  लोकप्रियता बढ्दैछ भन्ने संकेत हो,’ खत्रीले भने।

उपनिर्वाचन पर्यवेक्षणमा  गएका अभिवक्ता दामोदर सुवेदीका अनुसार थवाङमा परिस्थिति सहज नभएको बुझाइ छ। ‘भयरहित  अवस्था छैन। वार्ता सम्वादद्वारा असन्तुष्ट पक्षको समस्या हल नगर्ने हो भने थवाङमा असहज अवस्था आउन सक्ने संकेत देखिन्छ,’सुवेदीले भने। थवाङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले  समेत निर्भयका  साथ काम गर्न पाएजस्तो नदेखिएको उनले बताए। 

वडा नै खाली, थपिँदै जटिलता 

वडाध्यक्ष फर्कबहादुर बुढाको मृत्युपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य भद्रकुमार झाँक्रीले लिए। लामो समय कार्यवाहक  वडाध्यक्ष रहेका झाँक्री सर्वसम्मत वडाध्यक्ष हुन चाहन्थे। मनोनयन दर्ता गर्दा उनले बहालवाला पदबाट राजीनामा दिए र स्वतन्त्र उम्मेदवारी दिए। सञ्चार माध्यमले  उनलाई विप्लव नेकपाको उम्मेदवार भनेर प्रचार गरे। विप्लवले समेत निर्वाचनमा भाग लिए भनेर  सामाजिक सञ्जालमा समेत चर्चा भयो। 

त्यसपछि उनले  आफू कुनै  दल विशेषको नभई स्वतन्त्र उम्मेदवार भएको स्पष्टीकरण दिए। विप्लव नेतृत्वको नेकपा थवाङलेसमेत प्रेस विज्ञप्तिमार्फत् आफ्नो पार्टीले निर्वाचनमा भाग लिएको भन्ने समाचारको खण्डन गर्‍यो। स्वतन्त्र उम्मेदवारी दिएका  झाँक्री आफ्नो पार्टीको कार्यकर्ता नभएको  तर प्रगतीशिल सोच  भएको व्यक्ति रहेको स्पष्टीकरण सहितको  विज्ञप्ति विप्लव समूहले जनायो। थवाङमा विप्लव नेकपाले समेत उम्मेदवारी दिएको भन्ने चर्चा चुलिएपछि कार्तिक २९ गते बेलुका सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा सहभागिता नजनाउन जनसमुदायलाई अपिल गर्दै विज्ञप्ती जारी गरेका थिए। 

निर्वाचनको नाममा विभाजन ल्याउन नहुने भन्दै थवाङीहरूले सर्वसम्मतिको लामो प्रयास गरे।  प्रयास  असफल भयो। तर स्वतन्त्र उम्मेदवारी दिएका झाँक्रीले  उम्मेदवारी   फिर्ता लिए।  ‘सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ’, झाँक्रीले भने। ‘एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगें,’ झाँक्रीले भने। 

सो  वडाका सबै सदस्यले राजीनामा दिएका छन्। राजीनामा दिनेमा जीतकुमारी विक र रामपुरी विक छन्। सदस्य झाँक्रीको गत सोमबार राजीनामा स्वीकृत भईसकेको छ भने बाँकी २ सदस्यको भने हालसम्म राजीनामा स्वीकृत गरिएको छैन। अर्का वडा सदस्य लकप बुढाले निर्वाचनपश्चात् सपथ ग्रहण समेत नलिएर  अनुपस्थित   भएपछि गाउँकार्यपालिकाले निलम्वन गरिसकेको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै शनिबार, जेठ २३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २३, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, जेठ २३, २०८३
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्