काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १७ घाइते, दुई महिनामा ठूला चार दुर्घटना हुँदा सिन्धुपाल्चोकमै ५० भन्दा बढीले ज्यान गुमाए।
२) नेकपा स्थायी समिति बैठकमा प्रचण्डले पेश गरे १६ पृष्ठ लामो प्रतिवेदन, अन्तर्राष्ट्रिय परिस्थितिदेखि सचिवालयको निर्णय अनुमोदनसम्म, बैठक किन एक वर्षमा बसेको भन्दै सदस्यको प्रश्न।
३) सामाजिक सुरक्षा योजनामा जान राष्ट्र बैंकले दिएको निर्देशनप्रति वित्तीय संस्था कर्मचारी संघको आपत्ति, ६ बुँदे माग पूरा नभए संघर्षमा जाने चेतावनी।
४) पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा पोखरा पल्टन विजयी, कुशल र रविको उत्कृष्ट साझेदारी, काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित।
५) र, नागरिकतासम्बन्धी कानुन पारित भएदेखि नै भारतको उत्तरपूर्वी क्षेत्रमा लगातार आन्दोलन, ६ जनाको मृत्यु, विभिन्न मुलुकद्वारा पुर्वोत्तर क्षेत्रको भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।