काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएकी छन्।
'सिन्धुपाल्चोकमा आज फेरि बस दुर्घटना भई ठूलो मानवीय क्षति भएको खबरले स्तब्ध भएको छु', राष्ट्रपतिले ट्विट गर्दै भनेकी छन्, 'शोकाकुल परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'
उनले सवारी दुर्घटना रोक्न आवश्यक कदम चाल्न पनि आह्वान गरेकी छन्।
'हालैका दिनमा निरन्तर भइरहेको सवारी दुर्घटनालाई रोक्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु', उनले ट्विटमा भनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।