काठमाडौं– गुन्डा नाइके रामेश्वर गौतमलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रहरीसँगको भिडन्तका क्रममा शुक्रबार साँझ गौतमको दाहिने घुँडामा गोली लागेको थियो।
गुन्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङका (राइट हयान्ड) गौतमलाई पक्राउ गर्न गएको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दाबी गरे।
काठमाडौंको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि दुई राउन्ड गोली चलाएको थियो। तर, एक गोलीमात्र लागेको थियो।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।