काठमाडौ- दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका- ७ स्थित ६ किलोमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो। सडकबाट ५ सय मिटर तल खसेर भएको दुर्घटनामा १८ जना घाइते भए। बस सडकमै बजारियो। दुर्घटनापछि बस टुक्रा–टुक्रा भयो, मानिसका शवसमेत चारैतिर उछिट्टियो। दुर्घटनास्थल हेर्दा भयानक थियो। यस्तो लाग्थ्यो, बसका कोही पनि यात्रु बँचेनन्।
तर नियति र भाग्य ! यो भयानक दुर्घटनामा एक बालक सकुशल फेला परेका छन्। उनलाई कुनै चोटपटक लागेको छैन।
बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामाले एक बालक फेला परेको बताए। घाइतेको पहिचान भएको तर मृतकको पहिचान हुन बाँकी रहेको भन्दै उनले बच्चा सकुशल रहेकाले जिम्मा लगाउन समस्या भएको बताए। ‘घटनामा परेकामध्ये एउटा बालक अलपत्रमा परेका छन्, कसको हो पत्ता लगाइदिनु पर्ने भयो,’ उनले भने, ‘दुर्घटनाका मृतक र घाइतेका आफन्त आइरहेका छन्। तर, यो बच्चाको कोही पनि आएको छैन।’
ती बालकका बाबुआमाको अवस्था यो समाचार तयार पार्दासम्म स्पष्ट हुन सकेको छैन।
सिन्धुपाल्चोक दुर्घटनाः गाडीको ब्रेक फेल भएपछि झ्यालबाट भागे ड्राइभर
सिन्धुपाल्चोक दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।