काठमाडौं- सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।
मृतकका आफन्त घटनास्थलमा आउन थालेसँगै शवको सनाखत हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहालले बताए।
उनका अनुसार सनाखत भएका शव सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का २८ वर्षीय सुकबहादुर तामाङ, सात वर्षीया सविना तामाङ, दोलखा भीमेश्वर नगरपालिका-९ की ३७ वर्षीया जुनुमाया तामाङ, सोही नगरपालिकाकी मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका-५ का २९ वर्षीय महेश तामाङ र लक्ष्मी श्रेष्ठको रहेको छ।
दोलखाको कालिञ्चोक घुमेर भक्तपुर फर्कदैं गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ७ बजेतिर लामोसाँघु-जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका-७ को ६ किलो मोडमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।
ट्राफिक प्रहरीका अनुसार घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।