काठमाडौं– आइतबार बिहान भएको दुर्घटनासँगै दुई महिनाको अवधिमा सिन्धुपाल्चोकमा ४ ठूला सवारी दुर्घटना भएका छन्।
आज बिहान करिब सवा आठ बजे दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिका–७, स्थित ६ किलोमा दुर्घटनामा परेको हो। बिहान सवा १० बजेसम्म प्रहरीले उपलब्ध गराएको विवरणअनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।
दुई महिनाको अवधिमा भएका ४ ठूला सवारी दुर्घटनामा झण्डै ५० भन्दा बढीको को मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्।
२४ असोज २४ मा इन्द्रवती गाउँपालिकामा भएको बस दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए। गाउँपालिकाको भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना परेको थियो।
त्यस्तै १४ कार्तिकमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो। साँखुको लप्सेफेदीमा यात्रुको चापका कारण बस पल्टिएको थियो। बसले ओरालोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो। उक्त घटनामा ३ जनाको मृत्यु भएको थियो भने ५७ जना घाइते भएका थिए।
त्यसको तीन दिनपछि १७ कार्तिकमा भएको बस दुर्घटनामा १७ जनाभन्दा बढीको ज्यान गएको थियो। दोलखाको मागा देउरालीबाटबाट काठमाण्डौं आउँदै गरेको यात्रुबाहक बस सुकुटे नजिकै दुर्घटनामा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।