काठमाडौं- प्रहरी र गुण्डा नाइके रामेश्वर गाैतमको समूहबीच काठमाडौंमा दाेहाेराे भिडन्त भएकाे छ।
गुण्डा नाईके चक्रे मिलन भनिने मिलन गुरुङका 'राइट ह्यान्ड' गाैतमलाई पक्राउ गर्न गएकाे टाेली उपर गाेली चलाएपछि जवाफी कारबाही गरिएकाे अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लाेहनीले दाबी गरे।
काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि दुई राउन्ड गोली चलाएको थियो। तर, एक गाोलीमात्र लागेको थियो।
गौतमलाई दाहिने गोडामा गोली लागेको छ। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
तस्बिरः निमेष जंग राई/नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।