काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) धनुषास्थित महेन्द्रनगरमा भएको बम बिस्फोटमा परी प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु, बिस्फोट गराएको आरोपमा विप्लव समूहका तीन नेता पक्राउ, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता।
२) काग्रेस सभापति देउवाद्वारा विभाग गठन र महाधिवेशन तयारीका विषयमा सहमतिका लागि पहल, सहमतिमा निर्णय नगरी संस्थापन बाहेकका नेतालाई पेलेर जान खोजेको भन्दै नेता पौडेलको आक्रोश ।
३) निजगढ विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने नागरिक उड्डयन प्राधिकरणको भनाइ, विज्ञहरु भन्छन्– यो नेपालको भाग्य र आर्थिक उन्नतिसँग जोडिएको छ।
४) अर्जेन्टिनाका पूर्व स्टार फुटबलर एजेक्युएल लाभेज्जीद्वारा फुटबल खेलबाट सन्यासको घोषणा, फुटबल जीवन आफ्ना लागि उत्कृष्ट रहेको भन्दै साथ दिने सबैप्रति धन्यवाद व्यक्त।
५) र, भारतमा पारित भएको नयाँ नागरिकतासम्बन्धी कानुनप्रति संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त, नागरिकमाथि विभेद गर्ने खालको विधेयक भएको भनाइ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।