काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) लिम्पियाधुरा समावेश गरी नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन, भारतीय सुरक्षा फौज फिर्ता गरी भौगोलिक अखण्डता कायम गर्नुपर्नेमा जोड।
२) २१ महिनापछि इम्बोस्ड नम्बर प्लेट जडानको बाटो खुल्यो, २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जोडिने, सवारी धनीको करिब ७ अर्ब रुपैयाँ खर्च हुने।
३) सरकार नै मान्दैन सवारी नियमावली, सरकारी गाडीमा जथाभावी नम्बर प्लेट, अधिकांश निजी सवारी साधनको नम्बर प्लेट पनि गलत।
४) १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पदक विजेताहरुको नगरपरिक्रमा, मौसम खराबीका कारण छोट्याइयो कार्यक्रम, साग सफलताले खुशीसँगै चुनौती पनि थपेको राष्ट्रिय खेलकुद परिषद्को भनाइ।
५) र, बेलायतमा बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीलाई बहुमत, ब्रेक्जिटका लागि सजिलो, क्रिसमसभन्दा पहिले नै संसदमा ब्रेक्जिटसम्बन्धि विधेयक पेस हुने।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।