काठमाडौं- उपचारका क्रममा बिरामीको मृत्यु भएमा डाक्टरलाई क्षतिपूर्ति तिराउने कानुन बनाउन मन्त्रीपरिषदले निर्णय गरेको भन्ने सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिलाई सरकारले सच्चाएको छ।
मन्त्री बस्नेतले मन्त्रीपरिषद बैठकपछि भएका निर्णयहरु सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा असोज २ गते यस्तो कानुन निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताएका थिए।
‘अस्पतालहरुमा उपचारका क्रममा चिकित्सकको लापरवाहीले मृत्यु हुने र गम्भीर घाइते हुने क्रम बढ्न थालेकाले क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाट भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’ सञ्चारमन्त्री बस्नेतले पत्रकार सम्मेलनमा भनेका थिए।
मन्त्रीको उक्त अभिव्यक्तिपछि देशभरका डाक्टर आक्रोशित बनेका थिए ।
डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले असोज ४ गते विज्ञप्ति जारी गर्दै असोज ६ देखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । लगत्तै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले त्यस किसिमको कुनै निर्णय नभएको भन्दै प्रस्टीकरण दिएका थिए।
चिकित्सक संघले भने मन्त्रीको भनाइमा भर नपर्ने र मन्त्रिपरिषद्बाट औपचारिक पत्र नआएसम्म आन्दोलनका कार्यक्रम नरोकिने बताए अनुसार शुक्रबार देशभरका अस्पताल बन्द रहे ।
अस्पतालहरुको सेवा प्रभावित भएपछि शुक्रबार नै मन्त्रीपरिषदले एक विज्ञप्ति जारी गर्दै यस्तो प्रकारको निर्णय नभएको जनाएको छ । प्रधानमन्त्री कार्यालयका सह-सचिव हरिप्रसाद पन्थीको हस्ताक्षरसहित विज्ञप्ति जारी गरिएको छ।
विज्ञप्तिमा चिकित्सकहरु आन्दोलित भएको विषयप्रति ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा असोज २ को मन्त्रिपरिषद् निर्णय पनि उल्लेख गरिएको छ।
सच्याइएको निर्णयमा भनिएको छ- 'चिकित्सकको चरम लापरवाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यावसायिक बिमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने।’
मन्त्रिपरिषद् कार्यालयको विज्ञप्ति -

डाक्टरहरुलाई आन्दोलन गर्न बाध्य पार्ने सञ्चारमन्त्रीले असोज २ गते दिएको अभिव्यक्ति यस्तो छ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।