• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘बहुपति प्रथा पीडित’ सांसद आफ्नै कथा भन्न जब फिल्मी पर्दामा झुल्किए

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २७, २०७६  १८:००
1140x725


काठमाडौं- प्रतिनिधिसभाका सांसद हुन्, छक्कबहादुर लामा।

राज्य व्यवस्था तथा सुशासन समितिमा कानुन निर्माणको क्रममा उनी दोहोर्‍याइरहन्छन्, ‘छेउछाउ र सिमान्तकृत समाजलाई पनि हेरेर बनाउनुपर्छ है माननीयज्यूहरु।’ 

उनले निरन्तर तिनै वाक्य दोहोर्‍याइरहने भएपछि सांसदहरु गलल्ल हाँस्छन्।  

उनले दोहोर्‍याइरहने ती शब्दभित्र कहीँ न कहीँ आफ्नै जीवनको भाग लुकेको अनुभूत धेरैले काठमाडौंमा भइरहेको ‘काठमाडौं माउन्ट फिल्म फेस्टिवल’को एउटा फिल्म हेरेपछि गर्छन्। 

फिल्मको नाम हो ‘सहायक श्रीमान्’। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री बहुपति प्रथामाथि छ। हुम्ला जिल्लाको बहुपति प्रथाका विविध आयाम छन्। विभिन्न परिवारका कथा छन्। तिनै कथाभित्र आफ्नो कथा पनि घोलिरहेका हुन्छन् सांसद लामा।

जब सांसद लामा आफू यही बहुपति प्रथाको एक विद्रोही पात्रका रुपमा प्रस्तुत हुन्छन्, हेर्नेहरु चकित पर्छन्। किनभने उनी ‘बहुपति प्रथा’का एक पीडित हुन्। विद्रोही हुन्। 

यसरी भनौं, विद्रोही भएका कारण उनी पीडित हुन पुगे। सुरुमा प्रेम विवाह गरेर श्रीमती भित्र्याए। प्रचलनअनुसार उनले भित्र्याएपनि दाजुभाइकै हक लाग्ने भयो। परम्पराअनुसार अन्य दाजुभाइलाई हक जमाउन मुस्किल भएन। 

पढलेख गरेर समाज परिवर्तन गर्न हिँडेका उनको मनले ‘सहायक श्रीमान्’ हुन मानेन। दाजुले हक जमाएकी पूर्व श्रीमती भाउजुका रुपमा स्वीकारेर उनले अर्को बिहे गरे। 
अर्को बिहे गर्नुको परम्परा र संस्कृति विपरीतको काम हो। त्यसैले उनी परिवार र समाजबाट परित्यक्त भए। 

nimb
nimb
Ncell 2
Ncell 2

राजनीतिक यात्रा सुरु गरे। राजनीतिक दलले पत्याए। हुम्लाकै जनताले पत्याए। सांसद मात्रै होइन, सहायक राज्यमन्त्रीसम्म भइसकेका उनी आफ्नै घर जान सकिरहेका छैनन्। 

बहुपति प्रथाका विषयमा जानकारी दिने क्रममा डकुमेन्ट्रीभित्र भन्दै थिए, ‘समाज र घरमा अझै स्वीकारिएको छैन। गाउँ जाँदा आमालाई कोशेली लिएर गएको थिएँ। आमालाई भेट्न माथि उक्लिन सकिनँ। बाहिरै राखेर निस्किएँ।’

डकुमेन्ट्रीमा उनीबाहेक पनि केही विद्रोही छन्। जो  भाउजुलाई श्रीमती स्वीकार्न नसकेर अर्को विवाह गरेपछि परिवारबाट परित्यक्त छन्। 

तीनवटा दाजुभाइकी एउटै श्रीमतीको कथा छ। जसले परम्परालाई धानेकी छन्। परिवार धानेकी छन्। उनले यसलाई स्वभाविक रुपमा लिएर जीवन चलाइरहेको पाण्डेले डकुमेन्ट्रीमा देखाएका छन्। सुन्दा हेर्दा आङ जिरिङ्ग हुने कथाकी पात्र बेफिक्री र बिन्दास छिन्। 

चार वर्षको अथक प्रयासबाट डकुमेन्ट्रीलाई यो रुप दिन सकेको निर्देशक पाण्डे बताउँछन्। सुरुमा तीन गाउँका ९ परिवारका कथामाथि उनले डकुमेन्ट्री बनाउन सुरु गरेका थिए। अहिले तीनवटा परिवारलाई लिएर ३९ मिनेटको ‘प्याकेज’ बनाएका छन्।

प्याकेजभित्र एक आदिबासी समुदायको यथार्थता छ। बाह्य समाजले पार्दै गएको प्रभावसँगै आइरहेका बदलाव छन्। हिमाली भेगको कष्टकर जनजीवन छ। दुःखविरुद्धको पाचन प्रणाली विकास गरेका महिलाहरु छन्। श्रीमतीका साथै ‘असल म्यानेजर’को भूमिका निर्वाह गरेर घर चलाइरहेका साहसी पात्रहरु छन्। 

यो दूरदराजका गाउँहरुको बाध्यताले निर्माण गरेको एउटा परिस्थितिको कथा रहेछ। जुन समुदायको मुख्य पेशा भेडा, याक, चौरीपालन हो। तिनै वस्तुभाउहरुबाट नुनचामलको ओसारपसार गरेर जिविकोपार्जन गर्छन्। सिमिति सम्पत्तिलाई बाँडेर अभावग्रस्त नबनाउने एक परिवार एउटै रहनका लागि चलाइएको चालचलन रहेछ। 

भूकम्पपछि ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री बनाएका थिए पाण्डेले। त्यसले देशविदेशमा पाएको चर्चाबाट हौसिएका उनले बलशाली नयाँ कथा खोज्ने क्रममा ‘बहुपति प्रथा’लाई भेटेका रहेछन्। 

हिउँ परिरहेकै याममा खिचिएको डकुमेन्ट्री बनाउनुका अनेक दुःख छन् उनीसँग। चार वर्षदेखि उनी निरन्तर हुम्ला-काठमाडौं भइरहेका छन्। आर्थिक रुपमा पनि नेपाली फिचर फिल्म बनाउने पैसा बराबरकै खर्च रहेको बताउँदै थिए उनी। 

किम्फमा ‘प्रिमियर’ हुने फिल्मको प्रतिक्रियालाई लिएर शुक्रबार उनी व्यग्र थिए। अलिकति उत्साह र अलिकति कौतुहलता मिसिएको अनुहार लिएर यताउति गरिरहेका थिए। जब फिल्म सकिएपछि तालीको पर्रा छुट्यो, मध्यक्रमको कुर्सीमा बसिरहेका पाण्डेको सदाबहार मुस्कानको मुल फुट्यो। 

जब दर्शकदीर्घाबाट जिज्ञासा, बधाइ र थप जान्ने आकांक्षाका साथ हातहरु उठ्न थाले उनी उत्साहित हुँदै गए। 

त्यसपपछि उनले अर्को खुशी बाँडे, ‘थप पाँच फिल्म फेस्टिवलका लागि यो डकुमेन्ट्री छनोट भइसक्यो।’

धेरैले सुनेको तर धेरै कमले देखेको एउटा संस्कृति हेरेर निस्किएका अधिकांश दर्शक निकटस्थ आफ्नो अनुभूति सुनाउँदै थिए। अनुभूतिको केन्द्रमा थिए, सांसद छक्क लामा। पर्दामा जसको उपस्थिति र अनुभूतिले धेरैलाई चकित पारेको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्