काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुुलुक चीनको चेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा यही डिसेम्बर १६-२०, २०१९ मा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम हुने भएको छ।
होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा ६० सदस्यीय प्रतिनिधीमण्डल चीनको चेन्दु प्रस्थान गर्ने भएका छन्।
होटल संघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई थप सशक्त बनाउन पर्यटकहरुको आकर्षणका लागि भ्रमण वर्षभरि यसअघि नै विशेष योजना अन्तर्गत आवास र खानामा छुट दिइसकिएको छ। उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बेइजिङस्थित नेपाली दूतावासका राजदुत लिलामणी पौड्यालले गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।