• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जनता सहयात्री नभएको विकास यात्राको अर्थ हुँदैन : देवेन्द्रराज पाण्डे

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २७, २०७६  १५:४३
1140x725

काठमाडौं- म आफैं आज विशेषणयुक्त विकास, लोकतान्त्रिक विकासको चर्चा गर्दैछु। यसको खास कारणहरु छन्। लोकतन्त्र विरोधीहरूले पनि विकास अवधारणाको उपयोग गर्ने र विकासकै निम्ति भनेर लोकतन्त्रलाई निषेधित गर्ने प्रवृत्ति हिजो पनि थियो - नेपालमा पञ्चायतकाल नै एउटा दृष्टान्त हो- आज पनि छ।

शीर्षकमा परेका तीन शब्दहरू छन्, जो आफैंमा बोझिला छन्, एउटै भारी बनाउँदा बहन गर्न गाह्रो पर्लाजस्तो छ। यी शब्दावलीको अर्थ र सम्बन्ध प्रष्ट गर्न ऐतिहासिक पृष्ठभूमि समातेर छोटकरीमा कुरा राख्दैछु। यी तिनै विषयमा अहिले प्रश्नसूचक लागेको अवस्था छ। मुलुकको स्थिति हेर्दा, सम्पन्न वर्गलाई समेत स्थिरता र सुरक्षाको अनुभूति नहुँदा विपन्नको जीवनयापन बढ्दै गएको चुनौतीहरु देख्दा मन विचलित हुन खोज्छ। मुलुकमा लोकतन्त्र छ तर जिम्मेवार संस्था देखिदैंन। यस परिस्थितिमा विश्लेषण, आलोचनाले पनि काम नगर्ने रहेछ। विश्लेषण र आलोचना समालोचनाले शक्ति केन्द्रहरुमा प्रभाव नपर्ने भनी प्रष्ट भएको छ। आफ्नो दुःखेसो पोख्नभन्दा पनि सकभर शान्त मनले लोकतन्त्र र विकासबारे तपाईंहरुबीच ध्वनीसहित चिन्तन गर्न उपस्थित छु।

शीर्षक चयन म स्वयंले गरेको हुँ, यसको मेरो जिन्दगीसँग प्रत्यक्ष सम्बन्ध छ। मेरो हालसम्मको ८० वर्ष लामो जीवनको दुई कालखण्डसँग यी तीन विषयहरू, विकास, लोकतन्त्र र सार्वजनिक उत्तरदायित्व गाँसिएको छ। पहिलो ४० वर्ष बाल्यकाल, किशोरकाल हुँदै विद्यार्थीकालमा उच्च शिक्षा प्राप्त गर्दा अध्ययनको निम्ति विकास विषय रोजेँ, पञ्चायतकालमा १९ वर्ष निजामती कर्मचारी हुँदा मूलतः विकासकै नीति, कार्यक्रम तर्जुमा कार्यमा संलग्न भए। २०३६ सालमा निजामती जीवन त्यागेर नागरिक जीवन सुरु गरेपछि पनि केही समय पेशागतरुपमा विकास विश्लेषण, अध्ययनमा नै बिताएँ।

दोस्रो कालखण्डमा मूलतः लोकतन्त्र मेरो जीवन आदर्श बन्न पुग्यो। आन्दोलनहरूमा भाग लिएँ, एक वर्ष अर्थमन्त्री हुन पुगेँ र संघीय गणतान्त्रिक व्यवस्थाको प्रादुर्भावको निम्ति समेत केही योगदान गर्न पाएँ। तर लोकतन्त्रप्रति समर्पणभाव विकसित हुँदै गर्दा आन्दोलनको क्रममा सभाहलहरूमा वा सडकमा भाषण गर्दै हिँड्दा, अथवा पत्रपत्रिकाको लागि लेख रचना तयार गर्दा, सञ्चारमाध्यमहरूमा अन्तरक्रिया गर्दा पनि लोकतान्त्रिक आदर्शप्रतिको आकर्षण मेरो निम्ति प्रेरक तत्व हुन्थ्यो। मैले बुझेको विकास अवधारणाको सार्थकता लोकतान्त्रिक राज्य व्यवस्थामा मात्र सम्भव लाग्थ्यो। अहिलेको अवस्था पनि त्यही हो। त्यही क्रममा मैले ‘लोकतान्त्रिक विकास’ भन्न पनि सिकेँ। लोकतन्त्र र विकास दुवै अभियानको निम्ति अति महत्वपूर्ण, ‘सार्वजनिक उत्तरदायित्व’को भूमिका पनि यही क्रममा बुझ्न थालेँ र ट्रान्सपरेन्सी इन्टरनेशनल जस्तो संस्थासँग गाँसिएर सो विषयमा पनि योगदानको प्रयास गरेँ।

सामान्यतः सामाजिक, राजनीतिक अध्ययनको क्रममा विकासजस्तो शब्दलाई व्याख्या गर्दा विशेषण जोडेको मलाई मन पर्दैन। इमान्दारीपूर्वक चिन्तन, अभ्यास गर्ने हो भने विकास शब्द आफैंमा पूर्ण छ, कुनै विशेषणले यसलाई सजाउनु पर्दैन। जब हाम्रो चिन्तनमा, अभ्यासमा वा निष्ठामा विद्यमान कमी कमजोरीहरूको कारणले विकास अभियानमा अपेक्षित प्रगति हुँदैन वा प्रत्युत्पादक विकृतिहरू देखिन्छन्, विकासविद् वा विशेषज्ञहरू कुनै न कुनै विशेषण अघि सारेर स्थितिलाई सच्याएको वा बढी लाभप्रदायक बनाएको सन्देश दिन खोज्छन्। दृष्टान्तमा ‘दिगो विकास’ शब्दावली लिँदा हुन्छ। मेरो दृष्टिमा दिगो नहुने विकासलाई विकास भन्न मिल्दैन, दिगो नहुने स्थिति ‘घटना’ हुन्छ, विकास होइन। त्यसैले दिगो विकास भनिरहनु पर्दैन, विकास सही किसिमले प्रकट हुन्छ, त्यसमा बदलिँदो परिस्थिति र भावी पुस्ताका चुनौती पनि समेटिएको छ भने त्यहाँ ‘दिगो’ शब्द चाहिँदैन।

तर म आफैं आज विशेषणयुक्त विकास, लोकान्त्रिक विकासको चर्चा गर्दैछु। यसको खास कारणहरु छन्। लोकतन्त्र विरोधीहरूले पनि विकास अवधारणाको उपयोग गर्ने र विकासकै निम्ति भनेर लोकतन्त्रलाई निषेधित गर्ने प्रवृत्ति हिजो पनि थियो - नेपालमा पञ्चायतकाल नै एउटा दृष्टान्त हो। आज पनि छ। लोकतन्त्र वा कुनै पनि प्रतिस्पर्धात्मक राजनीतिक फ्रक्रिया विकासको लागि बाधक हुने तर्क गर्ने टेक्नोक्रेटिक चिन्तनको पकड अहिले नेपाल र नेपाल बाहिर समेत बढ्दो मात्रामा छ। लोकतान्त्रिक राजनीतिक व्यवस्थामा नेताहरू भ्रष्ट हुन्छन्, राज्य असक्षम हुन्छ र जनतासमेत छाडा हुन्छन् भन्ने तर्क अघि सारेर विकासको नाममा अधिनायकहरू उदाउने गरेको इतिहास सर्वविदित छ। जनतालाई विकास र राजनीति दुवै पक्रियाबाट अलग्याएर, गाँसबास पाए रमाउने अचेतन प्राणीको रुपमा व्यवहार गर्ने कार्य विकास हुँदैन। जनताको स्वतन्त्रता हेर्ने माध्यम मात्र हुन्छ। त्यसैले लोकतान्त्रिक विकासले नागरिकको, जनताको केन्द्रीयता खोज्छ, जनपरिचालन, जनहभागिताका विधिहरू मार्फत जनताप्रति उत्तरदायी भएर जनकल्याणको अभिवृद्धि गर्छ। जनताप्रति उत्तरदायी शासन र प्रतिफलमा जनताको प्रत्यक्ष पहुँच पुग्ने विकास खोज्छ।

लोकतन्त्रबिनाको विकास
सत्य हो, मानव सभ्यताको विकास सधैँ लोकतन्त्रको छहारीमा भएको होइन भन्न सकिन्छ, विकास निरन्तर चलिरहन्छ, तर आधुनिक लोकतन्त्रको इतिहास डेढ, दुई सय वर्ष लामो पनि नहोला। आदिमकालमा जीवन धान्न फिरन्ते भएर जंगलमा आहार खोजी हिँड्ने स्थितिबाट खेतिपाती गर्ने युगमा आइपुग्नु पनि विकासकै सिलसिला मानिन्छ होला। क्रमशः कृषिउपज, र हस्तकला वा कोरा स्तरको भए पनि खनिज पदार्थको उत्पादन बिस्तारै बढ्न थाल्दा व्यापार देखापर्‍यो र समुद्री यातायातमार्फत ‘अन्तरदेशीय’ व्यापार हुन थाल्यो। मानव सभ्यतालाई आधुनिक युगमा प्रवेश गराउने आविष्कारहरू देखिन थाले। छापाखानासँगै लेख्ने, पढ्ने कामको विस्तार भयो। बढ्बढे ठालुहरू र सम्राय, राजा, र पोप पण्डाहरू आपसी लडाइँमा मात्र लागेनन्, कला, संस्कृतिको विकासलाई संरक्षण पनि दिए। त्यसैबीच कृषि क्रन्ति भयो, औद्योगिक क्रान्ति सुरु भयो, विश्व आधुनिक युगमा आइपुग्यो। तर इतिहासको लेखोटमा परेको मानव जीवनको क्रमिक परिवर्तनलाई विकास भनेर कहिल्यै पनि बुझिएन, व्याख्या गरिएन।

यो सबै विकास थियो भने जनता कहाँ थिए, समाजमा तिनको स्थान कहाँ थियो प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ। आधुनिक युगमा प्रवेश गरिरहँदा पनि तत्कालीन विश्वको प्रत्येक भागमा रहिरहेको सामन्ती सम्बन्धहरुको बिगबिगी, गरिखाने कामदारहरूको शोषण, दाशहरूको किनबेच र उपयोग, बालश्रम र नारी जातिदेखि विभिन्नखाले आदिवासीहरू माथिको अत्याचार सबै त्यस्तै विकास वरिपरिका अवस्था हुन्। त्यस कालखण्डहरूमा भए गरेका केही राम्रा कामहरूलाई पनि कसैले ‘विकास’ भनेन होला, बरु नयाँ विचारधारा जन्मियो। यो प्रक्रियाको अन्तिम बिन्दु चरम पूँजीवाद हो र योसँग जोडिएको शोषण पद्धतिको अन्त्यको लागि जनक्रान्तिको आह्वान पनि सुनिन थाल्यो। नेपालमा त्यही विचारधारामा हुर्किएका राजनीतिक शक्तिहरु राज्यमा प्रभावशाली छन्। यथार्थ हामीलाई थाह छँदैछ। त्यसैले पनि परिवर्तनको लागि लोकतान्त्रिक विकास मेरो निम्ति अपरिहार्य हुन गयो।

nimb
nimb
Ncell 2
Ncell 2

केही सीमित उपलब्धिलाई विकास भन्ने हो भने, नेपालको पनि आफ्नो इतिहास छ। इतिहासको विद्यार्थी नहुँदा यस विषयमा धेरै चर्चा गर्न म सक्षम छैन। तर लिच्छवी र पछि काठमाडौं उपत्यकामा मल्लकालमा भएका विकास कार्यहरूको झलक हामी अहिले पनि भोग गर्दछौं। प्राथमिकस्तरको उत्पादन भए पनि त्यस कालमा तिब्बतसँगको व्यापारसमेतको कारणले कला, कौशल, सम्पदा निर्माणमा सघाउ पुग्यो। शाहकालमा भौगोलिक एकीकरणपछि नेपाल राष्ट्र-राज्यको रुपमा उदय हुने अवस्था सिर्जना भयो। पछि राजा महेन्द्रको ‘निर्दलीय’ विकासको इतिहास आफ्नो ठाउँमा छँदैछ। सो अघि राणाकालमा पनि वीर शमशेरले अस्पताल बनाए, चन्द्र शमशेरले काठमाडौंमा केही घरहरूमा बत्ती बाले र महत्वपूर्ण कुरा त्रिचन्द्र कलेज स्थापना गरे। यसैगरी सतीप्रथा, दाशप्रथाको उन्मूलन भयो। त्यसबेलाको दासजस्तै केही शोषण पद्धतिहरु हालैसम्म कायम देखिए पनि। पछि जुद्धशमशेरले पनि दोस्रो विश्वयुद्धले प्रदान गरेको अवसर छोपी केही उपभोग्यवस्तुहरू उत्पादन गर्ने उद्योगहरू स्थापना गरे। यी सबै दृष्टान्तहरू सम्बन्धित कालखण्डमा ‘राष्ट्रिय गौरवका परियोजनाहरू’ थिए, तर विकास वा विकासको प्रतिक थिएनन्। आमजनताको निम्ति अर्थपूर्ण उद्देश्य राखेर, रणनीति तर्जुमा गरेर ती कार्यहरू भएका होइनन्। राजाहरूले जनतालाई सधैँ ‘प्रजा’ देखे, श्री ३ महाराजहरूको सार्वजनिक संबोधनका भाषामा संबोधित हुने ‘भाइ, भारदार, सन्त, महन्त हुन्थे। आमनेपालीको उपस्थिति स्वीकार्न परे तिनीहरू ‘दुनियाँ’ मा पर्थे, नागरिकमा होइन।

यस क्रममा महाराजा पद्म शमशेर केही फरक देखिए। २००४ सालमा उनले घोषणा गरेको, तर जन्मँदै मृत्यु भएको संविधानबारे सबैलाई ज्ञान छ। तर त्यो क्षण संविधान किन चाहियो भन्ने व्याख्या गर्ने क्रममा उनले त्यसबेलाको आफ्नो भाषणमा थोरै भए पनि ‘लोकतान्त्रिक विकासको चेत’ प्रदर्शन गरेका छन्, मैले जानेसम्म नेपाली शासकहरूको व्यवहारमा पहिलोपटक। सर्वप्रथम, संबोधन गर्दा उनले ‘भाइ–भारदार’ मात्र भनेनन्, ‘सज्जनवर्ग, भाइबहिनीहरू’ पनि भने। दोस्रो कुरा, संविधानका तात्पर्य 'आर्थिक, सामाजिक, राजनीतिक प्रश्नहरू, शिक्षा प्रचार, देशको उद्योग व्यवसाय र खेतिपातीको उन्नति, स्वास्थ्य सुधार, सबैतिर एकैसाथ दृष्टि पुर्‍याउनुपर्ने अवस्थाको' संकेत दिए। अरु केही नभए पनि विकासको प्रत्यक्ष सम्बन्ध जनता र संवैधानिक व्यवस्थासँग हुन्छ भन्ने यथार्थबोधको लक्षण त्यस घडीमा भएको देखियो।

त्यो काल संयुक्त राष्ट्र संघको स्थापना काल पनि थियो। त्यो कोणबाट पनि विकासको नयाँ परिभाषा र आव्हान प्रादुर्भाव भयो। राष्ट्रसंघको चार्टरले सुरुमै भन्छ : वि दी पिपल अफ युनाइटेड नेसन्स आर डिटरमाइन्ड टु प्रोमोट सोसिएल प्रोग्रेस एन्ड लिभिङ स्ट्यान्डर्ड अफ लाइफ इन लार्जर फ्रिडम। इन लार्ज फ्रिडम वाक्यांश यहाँ महत्वपूर्ण हुन्छ। विकास भनेको मानिसहरूको ‘स्वतन्त्रताहरू विस्तारित हुने अवस्था हो।’ भन्ने किसिमको अमर्त्य सेनको सन् २००० को पुस्तकको मूल सन्देशले संयुक्त राष्ट्रसंघमा झण्डै पाँच दशकअघि प्रवेश पाइसकेको थियो। यो व्याख्याले पनि विकासलाई जनता र राजनीतिक स्वतन्त्रतासँग प्रत्यक्षरुपले जोड्छ।

दुर्भाग्यवस भनौँ, त्यही समयताका विकासको सिद्धान्त र व्यवहारमा केही नौला कुराले प्रवेश पाउँदा विकास र राजनीतिको सम्बन्ध अलि बढी जटिल हुन पुग्यो। एकातिर त्यही कालखण्डमा एसिया, अफ्रिकाका उपनिवेशहरु स्वतन्त्र राज्य हुने क्रम बढ्यो। ती मुलुकहरुमा स्वतन्त्रताको निम्ति संघर्ष गर्ने योद्धाहरुको आकांक्षा स्वतन्त्रता र त्यसको जगमा जनताको सुरक्षा र कल्याणको निम्ति आर्थिक, सामाजिक क्षेत्रहरुको विकास थियो। केही प्रयासहरु पनि भए, तर धेरैजसो मुलुकहरु परे, जताततै लोकतान्त्रिक शासनको स्थानमा सैनिक पोशाक लगाएका वा नलगाएका अधिनायकहरु समेतले शासन चलाउन थाले।

संयुक्त राष्ट्रसंघको स्थापनाकालदेखि विश्व अर्थराजनीतिमा तत्काल प्रभाव पार्ने अर्को प्रवृत्ति उदायो। एसिया, अफ्रिकाका उदायो। स्वतन्त्र एवं सार्वभौम राज्यहरू मुलुकहरूको विकास अन्तर्राष्ट्रिय समुदायको एजेन्डा समेतमा प्रवेश पायो। साथै, त्यही समय विकास अर्थशास्त्रको प्रादुर्भाव र विकास रणनीतिमा आर्थिक क्षेत्रको उद्देश्य, रणनीति, नीतिले चिन्तन, विश्लेषणमा प्रधान स्थान ओगट्न थाल्यो। नेपालमा पद्म शमशेर समेतले स्वीकारेको विकास र ‘राजनीतिक प्रश्नहरू’को सम्बन्ध ओझेलमा पर्न वातावरण बन्यो। सुरुमै मैले ऊल्लेख गरेको, टेक्नोत्रेटिक हस्तक्षेप र लोकतान्त्रिक विकासको आदर्शमा छायाँ पर्नुको सो पनि प्रमुख कारण र विन्दु हुन गयो।

बीचबीचमा सामाजिक मुद्दाहरू उठ्ने गरेका छन्। विकासको नाममा राज्यसत्ता परिवर्तन पनि हुने गरेका छन्– नेपालमा र अरू मुलुकहरूमा पनि– चाहे त्यो परिवर्तन दक्षिणपन्थी दिशामा होस् वा वामपन्थी वा सैन्यपन्थी। फेरि, त्यही कालमा अथवा विकास विमर्शमा र विकास योजनाहरुमा आर्थिक विकास मात्र होइन, सामाजिक विकास कार्यक्रमहरुले पनि स्थान पाए। तर समाजको अवस्था, द्वन्द्व, न्याय, अन्यायलाई जसरी राजनीतिक मुद्दाको रुपमा हेरिनु पर्थ्यो, सोको निम्ति यस्तो विकासको अवधारणामा स्थान थिएन। हाम्रो जस्तो मुलुकको पुरातनी विकास सोचमा सामाजिक मुद्दाहरूको अर्थ अधिकार, आस्मिताको प्रत्याभूतिको रुपमा हेरिँदैन। सामाजिक क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी आदिको विकासलाई हेरिन्छ। सो अनुरुप ती क्षेत्रहरुमा केही उल्लेखनीय विकास हुने गरेको पनि छ। त्यस्ता विकासबाट नागरिकले केही राहत पाउँछन्, तर स्वतन्त्रता स्थापित भएको अनुभूति गर्दैनन्। समाजमा अन्यायका पद्धतिहरु चलिरहन्छन्, पीडित रही रहन्छन्। यस्तो स्थितिको निवारणको निम्ति ‘लोकतान्त्रिक विकासको’ अवधारणा र अभ्यास आवश्यक हुन्छ।

लोकतान्त्रिक विकासमा आर्थिक वृद्धिदरमात्र होइन, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका प्रगति पनि साधन हुन्छन्, साध्य होइन। सबैभन्दा महत्वपूर्ण कुरामा जनताको न्यायपूर्ण पहुँच पुग्ने स्थिति हुन्छ। विकासको प्रतिफलको वितरण हुन्छ। आज आफूलाई सबैभन्दा समृद्ध र शक्तिशाली मुलुक मान्ने संयुक्त राज्य अमेरिकामा १० प्रतिशत घरपरिवारको स्वामित्वमा मुलुकको ७० प्रतिशत सम्पत्ति छ, जम्माजम्मी एक प्रतिशतसँग ३२ प्रतिशत सम्पत्ति। आर्थिक असमानताले सामाजिक, सांस्कृतिक र मानसिक तहमा पारेको दुष्प्रभावले गर्दा सो मुलुकमा लोकतान्त्रिक विकासमात्र होइन, लोकतन्त्र नै धरापमा परेको संकेत पाइन्छ। पश्चिम र पूर्वका अन्य मुलुकहरूमा पनि यो प्रवृत्ति हावी हुँदैछ। पश्चिम युरोप, पूर्वी युरोपलगायत विश्वमा कतिपय विकसित भनिने सहरहरूमा जनता अहिले सडकमा छन्। मेरो सरल सुझावमा यसको एक प्रमुख कारण लोकतान्त्रिक विकासको अपहेलना हो।

नेपालमा लोकतान्त्रिक विकासको अवधारणा अघि सारेर मैले औंल्याउन खोजेको मुख्य कुरा हो। हो, विकासलाई गैरराजनीतिक होइन, राजनीतिक आलोकमा हेरिनुपर्छ। यदि विकास साधनको परिचालन, उपयोग र बाँडफाँटसँग सम्बन्धित छ भने, विकास राजनीतिक मुद्दा हो, आमनागरिकसँग निकटको सम्बन्ध भएको विषय हो। सो हो भने सामाजिक विविधताको खानी नेपालमा सबै समुदायहरूको आकांक्षा र अपेक्षा केन्द्रविन्दुमा रहने विकास र त्यसको लागि गरिने संस्थागत, नीतिगत प्रयासलाई सकारात्मक रुपमा हेरिनुपर्छ, विकासको एउटा अपरिहार्य पाटोको रुपमा बुझ्नुपर्छ। सिंगापुर र ली क्वान यूको उपलब्धिको चर्चा गर्दा, एउटा मूल कुरा छुट्ने गर्छ। त्यो हो, सो मुलुकको विविधता। भारतीय, चिनियाँ र मलाए जातिको बसोबास झएको सो सानो आकारको मुलुकमा त्यहाँको सरकारले सुरुदेखि नै सांस्कृतिक विविधतवादलाई राज्य चरित्रको महत्वपूर्ण पक्ष बनायो। सो कारणले आर्थिक विकासमा पनि सघाउ पुग्यो। सबै समुदायको जनताको ऊर्जा, बुद्धि, विवेक र संस्कृतिसमेतले मुलुकको विकास प्रक्रियालाई सवल तुल्यायो। लोकतान्त्रिक विकासको अवधारणाले राजनीतिमा विकासमा समावेशिताको आग्रह गर्छ भने सो आग्रहलाई विकासको बाधक होइन, साधकको रुपमा ग्रहण गरिनुपर्छ। लोकतान्त्रिक विकासको अवधारणाले साधन र शक्तिको न्यायपूर्ण बाँडफाँटको पनि अपेक्षा गर्दछ। लोकतन्त्रमा यस्तो व्यवस्थापन राजनीतिक प्रणाली र प्रक्रियाले गर्छ। सो हुन नसक्दा समाजमा द्वन्द्व हुन्छ, विकासले द्वन्द्व समाधानमा योगदान गर्ने अवसर पाउँदैन।

मलाई थाहा छ, मेरा यी कुराहरू धेरैलाई अवैज्ञानिक, अव्यावहारिक र सायद असंगत पनि लाग्न सक्छ। यहाँ उल्लिखित लोकतान्त्रिक विकासको उच्च विन्दुमा शिघ्र पुग्न सकिन्छ भन्ने मलाई पनि लाग्दैन, पूर्णरुपमा कहिल्यै पुगिँदैन होला। तर विकास गन्तव्यविनाको यात्रा हुन सक्दैन, जनता सहयात्री नभएको विकास यात्राको अर्थ पनि हुँदैन। आर्थिक वृद्धि वार्षिक ७ प्रतिशत वा ८ प्रतिशत भन्ने तथ्य गन्तव्य होइन, विकासको निम्ति आवश्यक महत्वपूर्ण साधनको व्यवस्थासम्म हो। आर्थिक बृद्धिले निरन्तरता पाउँछ, पाउँदैन र त्यसको वितरण समाज उपयोगी लोकतन्त्रमैत्री हुन्छ, हुँदैन, ध्यान जानुपर्ने विषय त्यो पनि हो। नेपालमा हालको घटना, घटनाक्रमले यो विषयलाई लिएर केही पाठ सिकाउँछ।

२०४७ साल उप्रान्त नेपालमा एउटा बलियो राजनीतिक शक्ति भयो, जसले सत्तामा रहँदा सरकारका नवउदारवादी आर्थिक नीतिको कारण समेतले मुलुकमा ठूलो प्रगति भएको र खासगरी वार्षिक आर्थिक बृद्धिदर अपूर्व किसिमले बढ्न थालेको दावी गर्न पायो। त्यसको लगत्तै माओवादी शक्तिले ‘जनयुद्ध’ थालनी गरेर अन्य हानी नोक्सानीको अतिरिक्त सप्रन लागेको आर्थिक स्थिति धरापमा परेको तर्क पनि गरियो। कुरा सतहमा ठीक पनि होला। त मूल चासो हो, आर्थिक बृद्धिको लागि सबै प्रयास गरिँदा मुलुकको वृहत् सामाजिक यथार्थ छायाँमा पर्‍यो। युगौँदेखि विभेद, अन्याय र सामाजिक, सांस्कृतिक अधिकारविहनता भोगेका जातीय, क्षेत्रीय र लैङ्गिक समुदायको पीडा यो विकास अवधारणामा स्थान पाएन। सबैभन्दा ‘लोकतान्त्रिक’ राजनीतिक दल लोकतान्त्रिक विकासका मान्यताहरुबाट विमुख हुन गयो। क्षणिक आर्थिक विकासले निन्तरता पाउन सकेन।

यो सन्देश त्यो बेलाको र त्यसअघिको विद्रोही शक्तिलाई पनि जान्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा सो शक्तिको आचार, विचार, राजनीति सोच, संस्कृति र विकासको अवधारणा उनीहरुको भाषामा ‘पुरानो सत्ता’ को जस्तै भएमा, यो शक्तिले व्यहोर्ने नियति पनि यस्तै हुने निश्चित छ। साविकमा विकास भनिएको प्रक्रिया र गन्तव्यलाई ‘समृद्धि’ भन्दैमा जनताले खोजेको परिवर्तन प्राप्त हुँदैन। सोको निम्ति लोकतान्त्रिक विकासका विभिन्न पक्षहरुको विश्लेषणमा आधारित रणनीति र कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयन भएमा मुलुकले फेरि द्वन्द्व भोग्नु पर्दैन, राजनीतिक स्थिरता कायम हुन्छ र लोकतान्त्रिक विकास प्रक्रिया जनमुखी र सहज हुँदै जान्छ। यो चेत साविकको स्थापित दलहरु र नेतामात्र होइन, वञ्चित, पीडित, क्षेत्रीय, जातीय समुदायमाथि भएको अन्यायको इतिहासमा टेकेर राजनीतिक शक्ति र सत्ता उपभोग गर्न पाएका दल र नेताहरुमा पनि आउनुपर्छ।

सार्वजनिक उत्तरदायित्व
लोकतन्त्र र विकास दुवै अर्थात लोकतान्त्रिक विकासको सफलताको एक प्रमुख आधार सार्वजनिक उत्तरदायित्वको संरचना र संस्कृति हो। यसको कानूनीदेखि आचार व्यवहारसम्मको विविध पक्षहरू छन्, ती सबै विषयमा छलफल गर्न अहिले सम्भव छैन। त्यसो त सबैभन्दा चर्चा हुने विषय त वित्तीय साधनको उपयोग, दुरुपयोगको प्रवृत्ति हुने गरेको छ, यो महत्वपूर्ण पक्ष पनि हो। तर वित्तीय अनुशासनहिनता नेपालीसत्ताको सदावहार चरित्र हुने गरेको छ। वजेट निर्माणको अवस्था, खर्च गर्ने विधि र क्षेत्रदेखि लिएर लेखासम्म यसबाट प्रभावित छ। सबैभन्दा बढी उत्तरदायित्व विहिनता, महालेखापरीक्षकको वार्षिक प्रतिवेदनको नियमित अपहेलना हो। लोकतान्त्रिक विकासमा, जनहितमा र सुशासनमा चासो राख्ने राज्यले यो स्थिति सुधार्न ध्यान दिनुपर्ने कुरा निर्विवाद छ। सम्बन्धित सबैले दायित्वबोध नगरेसम्म थप छलफलले प्रतिफल दिँदैन।

विकासको विद्यार्थीसमेत रहेको नाताले मलाई लाग्छ, यस विषयमा सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, नीतिगत उत्तरदायित्व। सुधारको निम्ति सम्बन्धित राजकीय संस्था र नेताहरूले आफ्नो दायित्वप्रति गम्भीर छन् छैनन् भन्ने प्रश्नको उत्तर विकास नीतिको तर्जुमा प्रक्रिया र पूतिवद्धतामा प्रतिबिम्बित हुन्छ, धेरै भयो। नीतिगत अस्थिरता र दायित्वबोधमा कमीले गर्दा राज्यको सीमित साधन जनहितको निम्ति उयाग हुन सकेको छैन र दुरुपयोग समेत बढ्ने क्रममा देखिन्छ।

धेरै चर्चा भ्रष्टाचारका वास्तविक वा सम्भावित घटनाहरूबारे हुन्छ, तर त्यत्तिकै महत्वपूर्ण पक्ष अर्को पनि छ। त्यो हो, ठूलो मात्रामा सार्वजनिक साधन वा राजस्व उपयोग हुने कतिपय ठूला परियोजनाहरू पछाडि ठोस नीति, रणनीति, वा अध्ययन छ भन्ने विषयमा आश्वस्त हुने अवस्था मैले पाएको छैन। त्यस्तै आकार वा खर्चको स्तरमा साना देखिए पनि काठमाडौं र अन्य केही सहरभित्र वा वरिपरी निर्माण हुने ठूलाठूला कार्यालय भवन, निवासहरू र सेना, सुरक्षा निकायहका कहिल्यै अन्त्य नहुने संरचना विस्तारको प्रवृत्तिले सार्वजनिक साधनको उपयोग निश्चित प्राथमिकता क्रमका आधारमा होइन, अरू नै स्वार्थहरूबाट निर्देशित देखिन्छ त्यसमाथि उच्चपदस्थ सार्वजनिक पदाधिकारीहरूको बढ्दो विलाशिता सीमित राजस्वले धान्नुपर्दा, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगाउन सकिने साधनको दुरुपयोगबारे राज्यमा कसैको ध्यान गएजस्तो लाग्दैन। राजमार्गहरूदेखि काठमाडौंलगायतका सहरी सडकहरूको दुरावस्था, अव्यवस्थित ट्राफिक, प्रदूषण, आदिबीच सवारीसाधनको निरन्तर बृद्धिबाट उपयोगलगायतका उपभोक्तावादी आचरण कतार, मलेसियामा नेपाली युवाहरूले जीवन धान्न बगाएको पसिना र रगतले सम्भव तुल्यायो होला, तर अल्पविकसित मुलुकमा यो सबै असंगत लाग्छ। लोकहितका आदर्श र भावना त धेरै टाढाको कुरा हुन्छ। यी तथ्य झिनामसिना होइनन्। मुलुकलाई नसुहाउने स्तरको विलासिता, अनुत्पादक सार्वजनिक खर्च र सोही क्रममा विकासबारे गम्भीर चिन्तन र दीर्घकालीन, मध्यकालीन रणनीतिको अभावले राज्यको जनता र विकास दुवैप्रति उदासिनता प्रदर्शन गर्छ।

विचित्रको यथार्थ त नेपाललाई योजनावद्ध विकासमा प्रयत्नरत मुलुक पनि भनिन्छ। संसारका धेरै आश्चर्यहरूमध्ये नेपालमा एउटा आश्चर्य छ : मुलुक १४ थान आवधिक योजना कार्यान्वयन गरेर १५ औं योजनामा कार्यरत छ, तर मुलुकको आर्थिक सामाजिक अवस्थाले अपेक्षित प्रगति देखाउँदैन। मलाई अचम्म लागेथ्यो जब २०६२/६३ को आन्दोलनपछिका संक्रमणकालीन सरकारहरूले पनि त्रिवर्षीय योजनाहरू घोषणा गरे जब कि सम्बन्धित सरकार र योजनामा घोषित नीति, कार्यक्रमले निरन्तरता पाउने निश्चित आधार केही थिएन। मुलुकमा योजना आयोग छ, त्यहाँ सत्तामा रहने राजनीतिक दलसँग सम्बन्धित व्यक्तिहरू उपाध्यक्ष, सदस्य बन्छन्। उनीहरूलाई आफ्नो काम देखाउनुपर्छ, आवधिक योजना निस्कन्छ, कर्मकाण्ड त्यहीँ अन्त हुन्छ। यसलाई पनि अनुत्तरदायी राज्य र सम्बन्धित पदाधिकारीहरुको असंवेदनशीलताको द्योतक नै भन्नुपर्ला।

अन्तमा, विकासको जुन उद्देश्य र आदर्श मैले प्रतिपादित गरेँ, सोसँग मेल खाने संस्था निर्माण र नीतिगत उत्तरदायित्वबोधको नेपालमा ठूलो खाँचो छ। संस्थाबारे धेरै कुरा उठाउनुपर्नेछ, उठाउनुपर्छ। यहाँ महत्वपूर्ण लागेको केही विषय मात्र उजागर गर्नु बेस होला। संस्थाको तहमा उत्तरदायित्वबोध र सोको अनुगमन गर्न विकाससाग सम्बन्धित संस्थाहरुमा तोकिएको जिम्मेवारीको विश्लेषण हुनुपर्छ। नेपालमा हाल सो गर्न समेत गाह्रो छ। संविधान, नियम, कानून वा सरकारको कार्यसम्पादन नियमावलीमा तोकिएको कार्यभार यथार्थमा अनुसरण हुने भूमिकाभन्दा भिन्न हुने गर्छ। यो पृष्ठभूमिमा निम्न संस्थागत अवस्थाको सुधार आवश्यक लाग्छ। पहिलो संविधानको शिक्षा, स्वास्थ्य, खाद्य, निवास, रोजागार आदिलाई नागरिकको मौलिक अधिकार तोकेको छ। किन, कसरी यस्तो प्रावधान संविधानमा पर्‍यो, त्यतातिर नजाऊँ। तर संविधानको व्यवस्थालाई हलुका किसिमले लिन पनि मिल्दैन। संविधान लागू भएको चार वर्ष नाघ्यो। यी प्रावधानहरुलाई साकार तुल्याउन सरकारबाट के कार्यहरु भइरहेछन, जिम्मेवारी कसको हो। सो निश्चित गरी जनताको जानकारीमा आउनु आवश्यक छ।

दोस्रो, नेपालको शासन व्यवस्थामा कार्यकारीतर्फ क्याविनेट व्यवस्था हो कि प्रधानमन्त्री व्यवस्था थाहा पाउन मन लागेको छ। सरकारभित्र कसको के भूमिका र जिम्मेवारी सो निश्चित भएमा यो विषय निर्क्यौल हुन सक्छ। क्याविनेट पद्धतिमा मन्त्रालयहरुसम्बन्धी नीतिनिर्माण, कार्यान्वयनको जिम्मा मन्त्रीहरु निर्वाह गर्छन् र संसद तथा जनतामाथि जिम्मेवार रहन्छन्। प्रधानमन्त्रीले मूलतः वृहत् नीति निर्देशन र समन्वयको काम गर्छन्। प्रधानमन्त्री सरकार प्रमुख भएको र अन्तिम राजनीतिक जिम्मेवारी पनि त्यहीँ रहने हुनाले मन्त्रालय विशेष मुद्दाहरुमा उनको चासो संबोधन र कार्यान्वयन कार्य सम्बन्धित मन्त्रीहरुले प्रधानमन्त्रीको सल्लाहकारको रुपमा जिम्मा लिन्छन्। यसतो व्यवस्थाको विपरित प्रधानमन्त्री निवास वा कार्यालय नियुक्त अनिर्वाचित पदाधिकारीहरुले मन्त्रीले निर्वाह गर्ने भूमिका आफ्नो अधिनमा ल्याउने वा हस्तक्षेप गर्ने अवस्था छ भने अन्ततः फेरि जिम्मेवारी वा उत्तरदायित्व कहाँ, कसको भन्ने कुरा थाहा पाईदैन। उत्तरदायित्व संस्कृति बस्न सक्दैन।

यही कुरा संघीय गणतन्त्र नेपालमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारबीचको कार्यविभाजन, पारस्परिक भूमिका र उत्तरदायित्वसम्बन्धी प्रश्मा लागू हुन्छ। हाल स्थिति अन्योलग्रस्त छ। नेपालको अनुभव र आवश्यकताका पृष्ठभूमिमा संघीय व्यवस्था अनतर्गत साधनस्रोत र कार्यक्षेत्रको विभाजनबारे मेरो व्यक्तिगत धारणा छ। हाललाई सो थाँतीमा राखेर केमात्र भन्न चाहन्छु भन्ने भूमिका र जिम्मेवारी स्पष्ट गरौँ। संघीय व्यवस्था पञ्चायत कालको जस्तो विकेन्द्रित भनिएको शासन प्रणाली होइन। प्रत्येक तहका सरकारको आफ्नै स्वायत्त भूमिका र उत्तरदायी हुन्छ। सो अनुसार कार्यविभाजन हुन सकेन, प्रदेशको र पालिका तहका सरकारको क्रियाकलापको अनुगमन र खबरदारी स्थानीय जनताले गर्न सक्थें र पदाधिकारीहरुमा दायित्वबोध हुन्थ्यो भन्ने मेरो राय हो।

अन्तमा स्वतन्त्र समाजमा लोकतान्त्रिक विकासको पूर्ण अभिभारा राज्यले मात्र लिन सक्दैन, लिन हुँदैन। निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेछ, यसलाई बढी प्रभावकारी बनाउने राज्यका नीति, कानून र व्यवहारको वृहत् भूमिका हुन्छ। राज्यबारे केही चर्चा भइसक्यो। तर निजी क्षेत्रको समाजप्रतिको दायित्वलाई पनि नजरअन्दाज गर्न मिल्दैन। हिजोआज कर्पोरेट सोसल रेसन्सिविलिटीको अवधारणाअन्तर्गत यस्तो दायित्वले विकास वहसमा प्रवेश पाएको पनि छ। तर यो दायित्व निर्वाहलाई एकाध परोपकारी काम गरे झारा तिरे जस्तो गर्न मिल्दैन। राज्यको संस्कृतिमा आवश्यक देखिएको परिवर्तन जस्ते निजी क्षेत्रको रैथाने संस्कतिमा परिवर्तन आउनुपर्छ। समाज कल्याणको निम्ति आवश्यक सेवा, सुविधा बन्दोवस्त गर्न चाहिने साधन जुटाउन राज्यलाई मनासिब कर तिर्ने कार्यलाई बोझको रुपमा लिनु हुँदैन। राज्य उत्तरदायी भएमा क्षेत्र करको दरकेही बृद्धि गरेर सामाजिक सुरक्षाका उपायहरु अवलम्बन गर्दा निजी क्षेत्र समेतलाई फाइदा हुने गरेको उदाहरण फिनल्याण्डजस्तो मुलुकमा देख्न पाइन्छ। करसम्बन्धी व्यवहार बाहेक राज्यका पदाधिकारहिरुसँग सम्बन्धलाई स्वच्छ राख्ने, भ्रष्टाचारमा गन्ध आउन नदिने संस्कृति विकास भर्न पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्न सक्छ।

सार्वजनिक उत्तरदायित्वको वहसमा सार्वजनिक हितको लागि काम गर्छु भन्ने समाजका सबै संस्था, पेशा, व्यक्तिको व्यवहार पनि सान्दर्भिक हुन्छ। सधैँ राजनीति र नेता वा सरकारको आलोचना गर्दै हिँड्ने समूहले पहिले आफ्नै कार्य संस्कृतिमा के कस्तो परिवर्तन गर्दा राज्य व्यवस्था र विकास प्रक्रिया दुवै लोकतान्त्रिक हुन सक्छन्, मनन गर्दा राम्रो हुन्छ। स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यरत बौद्धिक, वैज्ञानिक पेशेवरहरुले प्रदर्शन गर्ने आचरण ‘महाजनो एन गतस्य पन्थ’ संस्कृतिमा हुर्केका आम नेपालीको बानी व्यवहार सपार्न पनि प्रेरणादायी हुन सक्छ, हुनुपर्छ।

(शुक्रबार पोखरामा शुरु भएको आठ‌ौं साहित्य महोत्सवको उद्घाटनमा डा पाण्डेको विद्वत प्रवचन।)

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्