सुर्खेत- कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ। सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ। हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ।
कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ। सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका छन्।
यही मंसिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ। चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन।
हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ। गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको छ।
तस्बिरमा कर्णालीकाे हिमपात
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।