• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २६, २०७६  १९:०६
1140x725

तल्लो तहका कार्यसमितिको समायोजन मंसिरभित्र सकेर महाधिवेशनको कार्यसूची प्रकाशित गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो। तर, तल्लो तहका कार्यसमितिको गठन मंसिर मसान्तसम्म नहुने देखिएको छ। विभाग र कार्यसम्पादन गठनका विषयमा विवाद यथावत छ। भ्रातृ संस्थाहरुको कार्यअवधि सकिएर निष्क्रिय छन्। पछिल्लो केन्द्रीय समिति बैठक, विभाग/कार्यसम्पादन समिति गठन, भ्रातृ संस्थाको तदर्थ समिति गठनका विषयमा नेपाललाइभका लागि लिलु डुम्रे र पुष्पा केसीले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग गरेको वार्ताः

कांग्रेसका अधिकांश भ्रातृ संस्था निष्क्रिय छन्। प्रमुख भ्रातृ संस्थामा नेविसंघपछि तरुण दलको कार्यकाल पनि सकिएको छ। भ्रातृ संस्थालाई किन यसरी पार्टीले पङ्गु बनाएको?

तपाईको कुरामा म सहमत छु। जति कुशलतापूर्वक भ्रातृ संस्थाको सुव्यवस्थापन हामीहरुबाट हुनुपर्थ्याे, त्यसो हुन सकेको छैन।

उपनिर्वाचनभन्दा अलि अघि केन्द्रीय सदस्य एनपी साउद संयोजक रहेको एक कार्यदल बनाएका थियौं। सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा एकरुपताका लागि, महाधिवेशन गर्नका लागि अप्ठ्यारा फुकाउनका लागि र जनसम्पर्क समितिहरुका लागि विधानमा एकरुपता ल्याउन समिति निर्माण गरेका थियौं। समितिले भातृ संस्थाहरूको विधानका विषयमा छलफल गरिसकेको छ।  केन्द्रीय समितिको बैठक कम्तिमा ४/५ दिन बस्छ। त्यही बैठकमा एनपी साउदको समितिले आफ्नो प्रतिवेदन पेश गर्छ। सबै भ्रातृ संस्थाका विषयमा कसरी जान सकिन्छ छलफल हुन्छ।

केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको विषयमा ठोस निर्णय बाहिर ल्याउला?

६ महिनाभित्र सबैले अधिवेशन गर्नुपर्ने भनेर निर्णय त एक प्रकारको भइसकेको नै छ। त्यो अवधि पनि गुज्रिसकेको छ। यसबीचमा कति काम भएको छ, ती भ्रातृ संस्थाको प्रगति विवरण हेरिन्छ।

केन्द्रीय निर्वाचन समितिले मंसिर मसान्तभित्र पार्टीका तल्लो तहका कार्य समितिको समायोजन गर्ने भनिएको थियो। समायोजन भएपछि केन्द्रीय महाधिवेशनको कार्यसूची प्रकाशित गर्ने भनेका थियौं। केन्द्रीय निर्वाचन समितिले त्यो विषय कहाँ पुर्‍यायो, त्यसमा पनि छलफल गर्छौं।

हार्दिकतापूर्वक छलफल हुन्छ। साझा दृष्टिकोण बनाएर छलफल गर्‍यो भने महाधिवेशनतर्फ केन्द्रित हुन बैठकले सहायता गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

नियमित महाधिवेशन गर्न पार्टीले सहजीकरण नगरिदिने र भ्रातृ संस्थाको विधानमा हस्तक्षेप बढाउँदै लगेको आरोप पनि पार्टी नेतृत्वलाई छ। यसरी मेरुदण्ड नै पार्टीले भाँच्न खोजेपछि दल कसरी बलियो हुन्छ?

भ्रातृ संस्था पार्टीका हात हुन्। पार्टीका भ्रातृ संस्थालाई सही रुपमा चलाउन मस्तिष्कको प्रयोग हुनुलाई हस्तक्षेप भन्न मिल्दैन। कार्यावधि सकिएर थप समयमा पनि महाधिवेशन गर्न नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिनुभयो।

पहिले–पहिले के हुने थियो भने एक वर्षका लागि बनेका कार्यसमितिहरु ४ वर्षसम्म रहन्थे। अहिले सिस्टममा ल्याउनका लागि ढिलो भएको हो। कार्यसमिति बनाउन ढिलो भएको स्वीकार्नुपर्छ। विगतमा कम समयमा भंग भए, कुनै साथीको समयभन्दा बढि कार्यवधि रह्यो। मैले निर्धारित कार्यअवधिमै पद हस्तान्तरण गरेको थिएँ।

 ४/५ वर्षसम्म बस्ने कार्यको अन्त्य पार्टीले गरिदिन्छ। दुई वर्षभित्रमा अधिवेसन गर्ने, बढीमा ५ महिना थप्ने हुन्छ।

पार्टीको नियमित महाधिवेशन फागुन मसान्तमा नहुने निश्चित भयो। तपाई पार्टी प्रवक्ता पनि भएकाले स्पष्ट भनिदिनु न १४ औं महाधिवेशन कहिले हुन्छ?

अघिल्लो केन्द्रीय कार्य समितिको बैठकमा तल्लो तहका कार्यसमितिको समायोजन गर्ने निर्णय भएको थियो। त्यसलगत्तै क्रियाशील सदस्यता वितरण कार्यतालिका निर्माण गर्ने निर्णय भएको थियो। त्यसैबमोजिम राधेश्याम अधिकारी संयोजक रहेको कार्यदलको प्रतिवेदन केन्द्रीय समिति बैठकमा आउँछ।

फागुनमा महाधिवेशन गर्न समयाभाव हुन्छ। काम गर्दै जाँदा ढिलो भएको हो। ढिलो हुँदा पनि सबैको सहभागिताको छलफलबाटै ढिलो भएको हो। केन्द्रीय समिति, निर्वाचन समिति, विधान मस्यौदा समितिमा सबै नै छौं। अझै बुझिने गरि भन्नुपर्दा सबैथरि छौं। अब फागुनमा हुन नसक्ने अवस्थामा सबै थरिले निश्चित समयावधि कति हुने निश्चित गर्न सकिन्छ। एक वर्षमा तोकेर ६ महिनामा गर्न पनि सकिन्छ।

हामीलाई सुविधा के छैन भने २०७७ साल उता गएर महाधिवेशन गर्ने समय छैन।त्यो व्यवहारिक हुँदैन। २०७८ सालमा हामीले निर्वाचनको पुरा तयारी गर्नुपर्छ, ०७९ सालको बैशाखमा हामी निर्वाचन लड्नु छ।

विधान अनुरुप समयमा विभाग गठन नगर्ने। अब महाधिवेशनको कार्यसूची ल्याउने समयमा विभाग गठन किन गर्नुपरेको होला, सभापतिलाई?

विभाग विषयको गठन अलग विषय हो। पार्टी केन्द्रीय कार्यसमितिको विषय अलग विषय हो। 

विभाग महाधिवेशन भएको २ महिनामा गठन हुनुपर्ने हो। गठन हुन सकेन। कमजोरी भएको छ। महाधिवेशन हुँदै गर्दा पार्टी प्रशिक्षणमा जान्छ। जागरण अभियानमा जान्छ।

केन्द्रीय कार्यसमिति बैठकको आसपासमै विभाग पनि गठन हुन्छ। नेविसंघको तदर्थ समिति पनि बन्छ। तरुण दलको सन्दर्भमा पनि एउटा टुंगो हुन्छ। सम्भवतः कार्य सम्पादन समिति पनि यसैबीचमा बन्छ। 
पार्टीभित्रको गति बढ्नलाई महाधिवेशनले मात्रै हुँदैन। यावत कर्महरु हुने गर्छन्।

आफू पक्षीय नेताको व्यवस्थापन गरि १४ औं महाधिवेशन आफ्नो पक्षमा पार्ने खेलका रुपमा विभाग गठनलाई लिइएको आशंका छ नि?

आफ्नोलाई मात्रै स्थान दिने हो भन्ने दृष्टिकोणले हेर्ने हो भने त विधानले सभापतिलाई अधिकार त दिएकै छ नि। अलि अगाडि नै आफ्नाहरु भरिदिँदा भैहाल्थ्यो। को आफ्नो, को परायाको दृष्टिकोणले हेरिँदैन। हेरिनहुन्न।

सभापति भनेको एउटा निश्चित समूहमात्रै होइन। सभापति त सबै समूहको सभापति हो नि। सभापतिले न्यायोचित तरिकाले प्रस्ताव गर्नुपर्छ÷गर्नुहुन्छ। त्यसमा सबैलाई अटाउन सक्ने विल्कुल हुँदैन। २८ वटा विभाग छन्। कतिपय थप विभाग पनि प्रस्ताव हुन सक्छन्। उद्योग र निर्माणसँगै छ भने ती दुईलाई फरक–फरक बनाउन सकिन्छ।

गएको संसदीय निर्वाचनमा सिंगो संसदीय बोर्डले टिकट वितरण गरेको हो। तथापि विवाद भयो। उपनिर्वाचनको टिकट वितरणमा त्यस्तो विवाद भएन। केन्द्रीय समितिले पदाधिकारी र पदाधिकारीले सभापतिलाई जिम्मेवारी दिइएको थियो। सभापतिले कसलाई बनाउने भन्ने अधिकार हो। तर, आफ्ना बनाउने भन्ने होइन। सभापतिका लागि सबै आफ्ना।

तपाईंमाथि एक आरोप लागेको छ। साथै तपाईंको प्रशंसा पनि छ। तपाईंको कारण कांग्रेस संस्थापनले राहत पाएको छ। यो प्रशंसा भयो। आरोपचाहिँ सभापतिले विषयवस्तुलाई गम्भीर रुपमा नबुझि प्रतिक्रिया दिने, तपाईंले उहाँको गल्ति टाल्दै हिड्ने.,  प्रवक्ता हुन गार्‍हो छ है?

(केहीबेर हाँसो) नेकपाको प्रवक्ताले आफ्नो दलको कुरालाई सही रुपमा प्रष्टाए भने उनलाई आरोप लगाउने कि ठीक गर्‍यो भन्ने? त्यस्तै नेपाली कांग्रेसको प्रवक्ताले पार्टीको विधान, परम्परा, सिद्धान्त, पार्टीको निर्णयको जगमा उभिएर कुरा राख्दा के भन्ने?

विश्वप्रकाश शर्मा कुनै समूहसँग निकट हुनसक्छ। त्यो विश्वप्रकाश शर्माको स्वतन्तत्रा हो। नेपाली कांग्रेसको प्रवक्ताका रुपमा रहेको विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ताका रुपमा रहेको हुन्छ। यो समूह, त्यो समूहको प्रवक्ता भन्ने हुँदैन। केन्द्रीय समितिको बैठकमा म बोल्दै गर्दा प्रवक्ता गौण हुन्छ, त्यहाँ विश्वप्रकाश हुन्छ। 

मेरो जिम्मेवारी नै के हो भने पार्टीले ल्याउने कुनै पनि सन्दर्भमा न्यायोचित अभिव्यक्ति दिनुपर्छ। सभापतिले बोलेका कुरामा पार्टीलाई लाभ गरेको छ भने त्यसलाई अझ परिमार्जित गर्दै जाने हो मैले। कहिलेकाहीँ नेतृत्वले बोल्दै गर्दा पनि योभन्दा यो ठिक हुन्छ कि भनेर सुझाव दिने हो। त्यसो भन्दैगर्दा आलोचित हुनुपर्ने कुरा त छैन। तथापि आलोचना हुन्छ भने स्वागत सत्कार गर्छु। मेरो कर्तव्य के हो मैले निर्वाह गरिरहेको छु।

तपाईंप्रति कांग्रेसमा ठूलो आशा पनि छ। तपाईं १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारको आकांक्षी हुनुहुन्छ भनिदैँछ। आकांक्षीमात्रै हो कि दाबी पनि?

यो यसो हो– माघे संक्रान्ती आउँदैछ। माघे संक्रान्तीमा तिलको लड्डु खाने कि घोंगी खाने त्यसैबेला निर्णय गर्ने कुरा हो। महाधिवेशनबाट आफू के बन्नेमा मैले त्यसलाई दोश्रो नम्बरमा राखेको छु। नेपाली कांग्रेस पार्टी कस्तो बन्ने, कति सुदृढ बन्ने वा महाधिवेशन सकिएपछिका १५ वर्ष मुलुकलाई कस्तो बनाउने? मेरो प्राथमिकता हो।

महाधिवेशन भएपछि सबै कुरा समाधान हुन्छन भन्ने होइन। महाविधेशनपछि गति आउँछ, संगठन राम्रो हुन्छ भन्नु बिल्कुल गलत कुरा हुन्। महाधिवेशनले केवल नेतृत्व बनाउने हो। महाधिवेशनले केही दृष्टिकोण दिन्छ। संगठन बनाउनलाई महाधिवेशन कुनु पर्दैन। संगठन बनाउन अहिले नै लाग्ने हो। महाविधेशनसम्म संगठन सुदृढ गरौं। महाधिवेशनको हलबाट बाहिर निस्किएपछि अनि सोधौं। कमरेड खै कहाँ छ चुच्चो भएको रेल? कमरेड खै चुला–चुलामा ग्यास? कमरेड पानी जहाजको टिकट कहाँ पाइन्छ?

तपाईंले त्यसो भन्दै गर्दा पनि एक प्रकारको मानसिक तयारी त गर्नुभएकै होला?

म बन्ने कुरा मुख्य होइन। सानो ठाउँमा बसेर पार्टीलाई योगदान गर्न सकुँ भन्ने छ।

प्रवक्तालाई एकछिन छाडेर विश्वप्रकाशको रुपमा भन्ने के हो भने विश्वप्रकाश शर्मा प्रवक्ताबाट रिटायर्ड हुने गरि राजनीतिमा आएको पक्कै होइन। पार्टी हाँकौला, मुलुक हाँकौला भन्ने आंकाक्षा छ।
     

शर्मासँग लिएको अन्तर्वार्ताको पहिलो भाग

उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]

 

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्