काठमाडौं- सर्वोच्च अदालतले रिट निवेदनतर्फ ३ वर्ष पुराना र मुद्दातर्फ ५ वर्ष पुरा भएका मुद्दाको सुनुवाईका क्रममा स्थगित नगर्न नेपाल बार एशोसियसनलाई आग्रह गरेको छ।
नेपाल बार एशोसियसन र सर्वोच्च अदालतबीचको समन्वय समितिको बैठकपछि सर्वोच्चले यस्तो आग्रह गरेको हो। सर्वोच्चले अन्तरीम आदेशको छलफलका निमित्त पेश भएको रिट निवेदनमा लिखित जवाफ पेश भएपछि सोही दिन अन्तिम सुनुवाई गर्ने व्यवस्था मिलाउन पनि कानुन व्यवसायीलाई आग्रह गरेको छ।
विसं २०७६ कात्तिक ६ गते बसेको बैठकले तीन निर्णय गरेको थियो। उक्त निर्णयको जानकारी मंसिर २३ गते गराउदै सर्वोच्चले बार र देशभरका कानुन व्यवसायीलाई यस्तो आग्रह गरेको हो।
यस्तो छ निर्णयः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।