काठमाडौं- नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा उम्मदेवारी दिने भएको छ।
सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा सन् २०३७/०३८ अवधिका लागि नेपालको उम्मदेवारी पेश गर्न र उम्मेदवारीमा सर्मथन जुटाउन परराष्ट्र मन्त्रालयलाई दिर्नेशन दिएको सरकारले बताएको छ।
नेपाल यसअघि दुईपटक सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा निर्वाचित भएको थियो।
नेपाल सन् १९६९ देखि १९७० र १९८८ देखि १९८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।