काठमाडौं- ४० हजार घुससहित महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई ४० लाख घुससहित पक्राउ गरेको हो।
थापाले सेवाग्राहीलाई मुद्दा मिलाइदिने भन्दै उक्त घुस लिएका थिए। उनलाई ललितपुर महानगरपालिका-१५ स्थित शुद्ध शाकाहारी खाजाघरबाट रङ्गेहात पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।