• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रशिक्षक भन्छन्- खेलाडीको मिहिनेतले कुस्तीमा पुनर्जीवन

64x64
नेपाल लाइभ आइतबार, मंसिर १५, २०७६  २१:२०
1140x725

जनकपुर- जनकपुरधाममा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो पटक स्वर्ण जितेर इतिहास बनायो। यद्यपि भारतले २० वटा स्वर्णमध्ये १४ वटामाथि कब्जा जमायो। 

नेपालको तर्फबाट महिलामा ५५ केजी तौल समूहमा संगीता धामीले स्वर्ण पदक जितिन् भने महिलामै ५३ केजी तौल समूहमा शिवांगी दुवे, ५७ केजी तौलमा अम्बिका भण्डारी, ६५ केजी तौल समूहमा सुशीला चन्द, ७२ केजी तौल समूहमा निर्मलाले रजत पदक जितिन् भने ५० केजी तौलतर्फ मनिषा, ५९ केजी तौल समूहमा कोमल खत्रीले काँस्य जितिन्। 

त्यस्तै पुरुषतर्फ ५७ केजी तौल समूहमा नरेशप्रसाद यादव, ५९ केजी तौल समूहमा सुमिर साह, ६५ केजी तौल समूहमा सरोज यादव, ७० केजी तौल समूहमा सुरेश, ७९ केजी तौल समूहमा वुन्नलाल राजु, १२५ केजी तौल समूहमा राज यादवले रजत पदक जिते। नेपालले ७ महिला र ७ पुरुष गरी १४ खेल समूहमा सहभागिता जनाएको थियो।

सन्तोषजनक उपलब्धि: प्रशिक्षकहरु

यद्यपि नेपालको खेल अपेक्षा गरेभन्दा राम्रो र सन्तोषजनक रहेको कुस्तीका प्रमुख प्रशिक्षक ब्रह्मदेवप्रसाद यादव बताउँछन्। ‘सीमित स्रोत-साधन र बेवास्ता गरिएको कुस्ती खेलमा यस पटक एउटा भए पनि स्वर्ण जितेर इतिहास कायम भएको छ। यो नै खुसी र गर्वको कुरा हो।’

यादवले कुस्तीका लागि देशमा आफूसहित जम्मा ७ जना प्रशिक्षक रहेकोमा देशको तराई र पहाडी जिल्ला गरी २५ जिल्लामा कुस्ती खेल हुँदै आएको बताए।

उनले कुस्ती प्रशिक्षण दिने ठाउँको समेत अभाव भएको अवस्थामा केही समतल ठाउँमा अलिअलि माटो खनेर कुस्ती सिकाउने गरेको तर प्रतियोगितामा म्याटमा खेलाडीले खेल्नु पर्दा पनि चाहेको जस्तो प्रदर्शन गर्न नसकिएको बताए। उनले भने, ‘अहिलेसम्म कुस्ती प्रशिक्षणका लागि देशभरि कतै कबर्ड र म्याटलगायत साधन स्रोतको व्यवस्था गरिएको छैन। खेलाडीले जसोतसो अभ्यास गरेर सिकेर देशको नाक राखेका छन्। यो खुसीको कुरा हो।’  

त्यसैगरी कुस्तीका अर्का प्रशिक्षक राजेन्द्र चन्दले तराई-मधेसको अखाडामा मेला-पर्वको बेला रमाइलोका लागि खेलिने कुस्तीमा राज्यको लगानी शून्य भएको बताए। चन्दले कुस्तीका लागि तालिम गर्ने ठाउँसमेत नरहेको बताउँदै भने, ‘खेल हुँदामात्रै हामीलाई सोधीखोजी गरिन्छ, अरु बेला केही वास्ता हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रमुख प्रशिक्षक ब्रहमदेव यादवले कुस्ती खेलको लामो इतिहासमा नेपालले जितेको पहिलो स्वर्ण खेलाडी आफ्नै मिहिनेत र लगनले जितेको प्रतिक्रिया दिए। कुस्तीलाई सरकारले प्राथमिकतामा नराखेको र कुस्तीका खेलाडीलाई त्यति धेरै महत्व नदिएकोमा प्रशिक्षकहरुको गुनासो छ।

यादवले अभ्यास गर्ने ठाउँ अभावमा खेलाडीलाई पर्याप्त तालिम दिन नसकिएको बताए। ‘पर्याप्त पूर्वाधार र तालिम नहुँदा पनि खेलाडीले देश सम्झिएर खेले र स्वर्ण जिते ,’ उनले भने। खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिए सागमा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने उनको दाबी छ। 

प्रमुख प्रशिक्षक यादवले राज्यले कुस्तीलाई अरु खेललाई जस्तो सहयोग नगरेको गुनासो गरे। उनले भने, ‘भारतमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट भइसकेका कुस्ती खेलाडीहरु बन्द प्रशिक्षणमा राखेर उनीहरूलाई निरन्तर प्रशिक्षणमा दिइने गरिन्छ। तर नेपालमा भने जुनसुकै प्रतियोगितामा बन्द क्याम्पमा परे पनि प्रतियोगिता सम्पन्न भइसकेपछि राज्यले वास्ता गर्दैन।’ 

यादवले भारतमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई सरकारले त्यहाँको सेना, रेल्वे लगायतको क्षेत्रमा जागिर दिएको उल्लेख गर्दै भने, ‘तर हाम्रो देशमा खेलाडीलाई भविष्यको चिन्ता हुन्छ भने अर्कोतर्फ खेललाई निरन्तरता दिने कि वैदेशिक रोजगारीमा पलायन हुने चिन्ताले ग्रस्त हुने गर्छन्।’

Xtrem

Xtrem

तराई-मधेसका गाउँघरमा कुस्ती खेलप्रति अभिभावकको समेत सहयोग नहुने हुँदा कुस्तीमा चाहिएको जस्तो उपलब्धि हासिल हुन नसकेको बताउँदै यादवले लगभग लोप हुने अवस्था रहेको कुस्ती खेलमा सागमा नेपालीले एउटा भए पनि स्वर्ण पदक जितेकोमा अब यस खेलले पुनर्जीवन पाउने विश्वास व्यक्त गरे।

तराई मधेसका पुरानो र माटो सुहाउँदो खेल कुस्तीको साग प्रतियोगिता जनकपुरधाममा आयोजना हुँदा लोप भइरहेको कुस्तीलाई पुनर्जीवन प्रदान गरेको अर्का कुस्तीका प्रशिक्षक राजबीर यादवले बताए।  

उनले भने, ‘मधेसका गाउँ घरमा रहेको खेत, खलिहानमा कुस्तीका अखडा हुन्थ्यो, जहाँ युवाहरु बिहान र बेलुका कुस्तीको दिनहुँ अभ्याससमेत गर्ने गर्थे। तर यस्तो महोल अचेल कम देखिन्छ।’ उनका अनुसार आधुनिकीकरणले युवामा कुस्तीभन्दा कराते र तेक्वान्दोतर्फ आकर्षण बढेकाले पनि कुस्ती ओझेलमा परेको हो।

के भन्छन् खेलाडीहरु?

स्वर्ण विजेता संगीता धामी आगामी दिनमा पनि देशका लागि यसरी नै स्वर्ण पदक जित्ने सपना रहेको बताउँछिन्। तर त्यसका साथसाथै राज्यले आफूहरुको उच्च शिक्षा निःशुल्क गरिदिनुपर्ने उनको माग छ। धामीले भनिन्, ‘मेरो आमाले मलाई निकै दुःख गरेर पाल्नु भएकाले खेलका साथै मलाई कामको समेत खाँचो छ, त्यसैले सरकारले आफूहरूलाई कुनै न कुनै रोजगारीको सुविधा दिए आभारी हुन्थेँ र अझ राम्रोसँग सिकेर देशको नाममा मेडल जित्ने थिएँ।’ धामीले आफ्नो इच्छा नेपाली सेनामा जागिर खाने भएको बताइन्।

उनले खेलमा झन् दक्षता ल्याउनका लागि विदेशमा समय समयमा तालिमसमेत दिनुपर्ने बताउँदै राष्ट्रिय खेलकुद परिषदले इरानमा थप प्रशिक्षण दिलाउने भन्दै आफूसहित महेन्द्रनगरका कुस्ती खेलाडीहरूलाई पासपोर्ट समेत बनाउन लगाएको तर ६ महिना नाघिसक्दा पनि अहिलेसम्म प्रशिक्षणको लागि इरान नलगेको बताइन्।

उनले खेलकुदमा छोरी चेलीलाई आउन आग्रह गर्दै समाजमा मानिसले पनि महिलाले खेलकुदमा सहभागी भयो कि कुरा काट्न थाल्ने, बिग्रियो भन्ने प्रवृत्तिमा सुधार ल्याउनु पर्ने बताइन्।

त्यस्तै कुस्ती संघका वरिष्ठ उपाध्यक्ष सलिम मियाँ अन्सारीले सागमा कुस्ती खेल देशका लागि कम प्राथमिकतामा रहेका बेला ऐतिहासिक पहिलो स्वर्णले यस खेलप्रतिको राज्यको दृष्टिकोणमा परिवर्तन आउने बताए। अन्सारीले भने, ‘अब आफैं कुस्तीको एकेडेमी बनाउन सरकारलाई आग्रह गर्नेछु र  खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिएर आउने सागलगायतका प्रतियोगितामा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने प्रयास गर्छु।’

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक आइतबार, असोज १८, २०८३
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्