वीरगञ्ज- निकै चासोका साथ हेरिएको वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।
२२ हजार ५ सय मत गनिँदा कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीको मत ४ हजार ९ सय ४९ छ । प्राप्त पछिल्लो अपडेट अनुसार, कांग्रेस उम्मेदवारसँग यसअघि प्रतिस्पर्धामा रहेका राजपाका उम्मेदवार राजेशमान सिंह अहिले तेस्रो क्रममा झरेका छन्।
कांग्रेसपछि संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी दोस्रो क्रममा उक्लिएका छन्।
२२ हजार ४९८ मत गणना हुँदा वीरगञ्जका कसको कति मत ?
मेयर/उपमेयर
कांग्रेस ४९४९/५७७४
संघीय स. फोरम ४३४४/४२७२
राजपा ४३०१/३६७४
माओवादी केन्द्र २७४३ /१८७५
एमाले २१३२/२६१९
लोकतान्त्रिक फोरम १५१०/११९२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।