काठमाडौं- बलिउड स्टारर शाहरुख खानको धेरै निर्देशकसँग नयाँ फिल्मबारे चर्चा चल्यो। तर शाहरुखले अहिलेसम्म आफ्नो नयाँ फिल्मको आधिकारिक घोषणा गरेका छैनन्।
तमिल सिनेमाका सुपरस्टार डाइरेक्टर एटलीसँग काम गर्ने हल्ला बलिउडमा चलिरहेको छ। एटलीको फिल्म 'बिजिल'ले ५ दिनमा बक्स अफिसमा २ सय करोडभन्दा बढी व्यापार गरेको थियो।
यसबाहेक उनको पछिल्लो फिल्मले पनि सफल व्यापार गर्यो।
समीक्षक वा उनका प्रशंसकका अनुसार शाहरुखको यो कम्बिनेसन धेरै राम्रो हुनेछ। शाहरुखानको कमब्याक शानदार हुनसक्ने अनुमान छ।
शाहरुखले यसअघि २०१८मा रिलिज भएको फिल्म जिरोमा काम गरेका थिए। तर जबरजस्त स्टार कास्टको बाबजुत फिल्म बक्स अफिसमा सफल हुन सकेन।
शाहरुख आफ्नो फिल्म असफल भएपछि फरक ढंगले सोच्न थाले। केही सूचनाका अनुसार उनी इम्तियाज अली र आनन्द एल रायजस्ता निर्देशकपछि राजकुमार हिरानीको साथ पनि काम गर्न सक्नेछन्।
हिरानीले यसभन्दा पहिला रणवीर र सञ्जय दत्तको करिअरको जबरजस्त माथि उठाएका थिए।
२०२० को लागि शाहरुख दमदार फिल्म लिएर आउने सबैको अनुमान छ। त्यो कुन फिल्म हुनेछ देख्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।