दोलखा- जिल्लाको तामाकोशी गाउँपालिका- २ मा रहेकाे अमर माध्यामिक विद्यालयको नवनिर्मित २१ कोठे भवन गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोख्रेललाई हस्तान्तरण गरिएकाे छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले शनिबार भवनकाे उद्घाटन गर्दै गाउँपालिका प्रमुखलाई भवन हस्तान्तरण गरेका हुन्। कोइरालाबाट प्राप्त चावी गाउँपालिका प्रमुख पोखरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबाबु कार्कीलाई हस्तान्तरण गरे।
एसियाली विकास बैंककाे ऋण सहयोग ४ करोड ४८ लाख ७० हजार रुपैयाँ लागतमा विद्यालय भवन निर्माण भएकाे हाे। भवन उदघाटन समारोहमा विद्यालयका संस्थापक स्वर्गीय अमरबहादुर कार्की र श्रीमती रत्न कुमारी कार्कीको नाममा एक लाख पचास हजार रुपैयाँको छात्रवृत्ति कोष पनि घोषणा गरिएको छ।
स्वर्गीय अमरबहादुर कार्कीका छोरीज्वाईं कमलामाई नगरपालिका -५ सिन्धुली निवासी मेनका थापा र दिलिप जंग थापाले कोष स्थापना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।