कञ्चपुर- कञ्चपुरमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्ने क्रममा बुधवार बिहान जंगली हात्तीको बथानले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो।
हात्तीकाे आक्रमणबाट ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा महाकाली नगरपालिका–२ की बसन्ती भट्ट र सोही ठाउँकी भुलीदेवी बोहरा रहेको ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीका प्रहरी निरिक्षक चेतराज पनेरुले बताए।
घाइते हुनेमा सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउँद रहेका छन्। घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भीर रहेको जनाइएकाे छ।
घाइतेलाई उपचारका लागि भारतको खटी अस्पताल लागिएको प्रहरी निरिक्षक पनेरुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।