काठमाडौं- सोनाक्षी सिन्हा बलिउड फिल्म इण्डस्ट्रीमा देखिएको एक दशक भइसक्यो।
कुनै फिल्ममा उनको अभिनयको निकै तारिफ भयो। कुनै फिल्मले भने बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भए।
उनले आफ्नो करिअरको बारेमा हालै एक अन्तर्वार्तामा केही कुरा बताएकी छन्।
बलिउड सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा सोनाक्षीसँग आफ्नो फिल्म रिलिज हुँदाको नर्भसनेसबारे सोधिएको थियो।
जवाफमा सोनाक्षीले बताइन्, 'एक व्यक्तिको जीवनमा हरेक फिल्म एउटा यात्रा हुन्छ। जसको महत्व पनि छ। म पनि अर्कोजस्तै फिल्म रिलिजको क्रममा नर्भस हुन्छु।'
'आफ्नो करिअरको सुरुवातमा फिल्म हिट वा फ्लप हुनेतर्फ ध्यान दिनु जरुरी छैन। किनकि फिल्ममा जोडिएका हरेक कुरासँग हाम्रो सम्बन्ध हुँदैन। तपाईं आफूले सबैभन्दा राम्रो प्रदर्शन गर्नु र शतप्रतिशत दिनु महत्वपूर्ण कुरा हो। बाँकी तपाईंले आफ्नो दर्शकमा छाडिदिने हो,' सोनाक्षीले भनिन्।
उनले २०१०मा 'दबंग' फिल्मबाट करिअरको सुरुवात गरेकी थिइन्। उनको सलमानसँग राम्रो सम्बन्ध छ। सोनाक्षीले सलमानसँग आफ्नो प्रोफेसनल सम्बन्ध रहेको बताउँछिन्।
अभिनय सुरु गर्नु भन्दा पहिलेदेखि नै सोनाक्षी सलमानलाई चिन्दथिइन्। उनले भनिन्, 'हाम्रो परिवार पनि एक अर्कालाई लामो समयदेखि जान्दछ। म उनलाई एक स्टार भन्दा बढी साथीको रुपमा चिन्ने गर्छु।'
सोनाक्षी 'दबंग ३' मा रज्जोको भूमिकामा देखा पर्नेछिन्। फिल्मको निर्देशन प्रभु देवाले गरेका छन्। फिल्मको कास्टमा सोनाक्षीबाहेक सई मां जरेकर, अमोल गुप्ते, माही गिल, अरबाज खान र टीनु आनन्द पनि देखिने छन्। फिल्ममा प्रिती जिन्टाको विशेष उपश्थिति हुनेछ।
फिल्म २० डिसेम्बर २०१९मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।