राजविराज– बलात्कार प्रयासको आरोपमा सप्तरीका एक वडाध्यक्ष पक्राउ परेका छन्। शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
आफूमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए। साहलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।