सर्लाही- सर्लाहीबाट दुई प्रहरी घुस रकमसहित पक्राउ परेका छन्। सर्लाहीस्थित प्रहरी चौकी त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे।
सर्लाहीकाे ब्रह्मपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्रङ्गणबाट रंगेहात पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।