काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) १३ औं दक्षिण एसियाली पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण, चौथो पटक उपाधि जितेसँगै साग फुटबलमा नेपाल र पाकिस्तानको रेकर्ड बराबर।
२) राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद अधिवेशन आह्वान, पुस ४ गतेका लागि बैठक बोलाइयो, संसद सञ्चालनपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्ने।
३) जापानमा रोजगारीका लागि नोभेम्बरमा भएको भाषा परीक्षाको नतिजा सार्वजनिक, दुई चरणको परीक्षामा सहभागी ४ सय ९७ मध्ये ५६ जना मात्र उत्तीर्ण।
४) १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका सबै खेल सम्पन्न, ३ सय १७ स्वर्णका लागि भएको खेलमा भारत पहिलो, ५१ स्वर्णसहित नेपाल दोस्रोमा।
५) र, भारतको नागरिकता विधेयक तल्लो सदनबाट पारित, नयाँ ’मुस्लिम विरोधी’ कानुन भएको भन्दै आलोचना, भारतीय गृहमन्त्री र अन्य नेतालाई अमेरिकामा प्रतिबन्ध लगाउन सुझाव।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।