बाँके- काेहलपुर नगरपालिकामा लगाइएकाे कर्फ्यु हटेकाे छ। आइतबारदेखि लगाइएकाे कर्फ्यु मंगलबार बिहान १०:३० बजेदेखि हटेकाे हाे।
आइतबार बिहान त्रिभुवन माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावकाे पररस्थितीलाई नियन्त्रण गर्न कर्फ्यु जारी गरिएकाे थियाे।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंसिर २२ गतेदेखि नगरपालिकाकाे पूर्वमा चप्परगौँडी¸ पश्चिममा किरण नाला¸ उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म कर्फ्यु जारी गरेको थियाे। स्थानीय र प्रहरीबीच भएको झडपमा दुवैतर्फ केही घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।