काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपा स्थायी समितिको बैठक मंसिर २९ गतेलाई बोलाइयो, माधव नेपाल विशेष दूत बनेर भारत जाने कुरा अलिकति सल्लाह र धेरै हल्ला भएको प्रवक्ता श्रेष्ठको भनाइ।
२) कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ३४ वटा उजुरी दर्ता, कुनैपनि उजुरीमाथि अहिलेसम्म छलफल नभएको सांसदहरुको गुनासो।
३) सिंहदरबारभित्रकै मजदूर श्रम ऐनअनुसार पारिश्रमिक पाउँनबाट बञ्चित, न्यायको पहुँचबाट पनि श्रमिकहरू टाढा, जागिर जाने डरले खुलाउँदैनन् समस्या।
४) साग महिला फुटबल फाइनलमा नेपाल स्वर्ण पदक जित्नबाट चुक्यो, भारतसँग २–० गोल अन्तरले पराजित, प्रशिक्षकबाट खड्काले दिए राजीनामा।
५) र, विश्वकै कान्छी प्रधानमन्त्री बन्दै फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन, मरिन नेतृत्वको गठबन्धन सरकारमा सबै दलका महिला प्रतिनिधि सहभागी हुने।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।