• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

घरसँगै कार्यस्थलमा पनि हिंसाको चपेटामा महिला 

  १६ दिने अभियानले न्यूनीकरण होला लैंगिक हिंसा ? 
64x64
नेपाल लाइभ मंगलबार, मंसिर २४, २०७६  ०६:००
1140x725

काठमाडौं- नमोबुद्ध नगरपालिकाकी एक जनप्रतिनिधी महिला १४ वर्षदेखि घरेलु हिंसाको सिकार बन्दै आइरहेकी थिइन्। 

श्रीमानले रक्सी खाएर पिट्ने, जबरजस्ती गर्ने गर्दा पनि उनले आफ्नो समस्या बाहिर ल्याएकी थिइनन्। एक रात रक्सी पिएर आफ्नै छोरीलाई बलात्कार गर्न खोजेपछि सहन नसकेर उनले आफ्नो समस्या बाहिर ल्याइन्। 

नगरपालिकाको न्यायीक समितिले उनीहरुलाई बोलाएर छलफलपछि मिलापत्र गरायो। केही महिनासम्म सम्बन्ध राम्रै थियो। फेरि उनीहरुको सम्बन्ध पहिलेकै अवस्थामा आयो। दिनहुँजसो श्रीमानबाट हिंसामा पर्न थालेपछि उनी हाल महिला पुनर्स्थापना केन्द्र नमोबुद्धमा आश्रय लिएर बसेकी छन्। उनकी छोरी रक्षा नेपाल सतुंगलमा आश्रित छिन्।

सिन्धुपाल्चोककी उषा बस्नेत ९नाम परिवर्तन० सानो बच्चा च्यापेर राष्ट्रिय महिला आयोग परिसरमा बसिरहेकी थिइन्। श्रीमानले दोस्रो विवाह गरेर आफूलाई बेवास्ता गरेको भन्दै आयोगको शरणमा पुगेकी उषाले विवाह गरेको ७ वर्ष भयो। 
दुई छोराछोरी भएपछि उनका श्रीमान उनीबाट टाढिन थालेका थिए। सिन्धुपाल्चोकमै उनलाई छाडेर काठमाडौं आएका उनका श्रीमानले मेरो डिभोर्स भइसकेको भन्दै अर्की युवतीसँग बिबाह गरेका रहेछन्। घरमा पनि उनले विवाह गरेको कुरा सुनाएकै थिएनन्। 

‘मलाई कुनै सहयोग पनि गर्नु भएको छैन्, दुई बच्चा मलाई छाडेर उहाँले दोस्रो बिहे गरिसक्नु भएछ। बिहे गरेको धेरै समयपछि मात्रै थाहा भयो’ उषाले नेपाललाईभलाई सुनाइन् । 

काभ्रेकी सुशिला दर्जी (नाम परिवर्तन) को कथा उस्तै दर्दनाक छ। उनी २ बच्चाकी आमा हुन्। पाठेघरको समस्या भएपछि अब काम नलाग्ने भइस् भन्दै श्रीमानले छाडेपछि एक्लीएकी उनी गाउँकै एक कार्यालयमा काम गर्थिन् । 
श्रीमानबाटै हिंसामा पिल्सिएर छुट्टै बसेकी  सुशीला कार्यालयमै सुरक्षित भइनन्। 

‘सहकर्मीहरुले उनलाई हेप्ने, अनाबश्यक जिस्काउने, शरीर जथाभावी छुन खोज्ने गरेपछि काम गर्न दिक्क लाग्यो’ सुशीला सुनाउँछिन्। काम गर्नै असहज भएकाले उनी काम छाडेर काठमाडौं आएकी छन्। 

नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेबी तामाङका अनुसार पछिल्लो समय यस्ता समस्या लिएर थुप्रै महिला नगरपालिकाको सरणमा पुग्ने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

घरमा मात्र नभएर महिलाहरु कार्यस्थलमा पनि हिंसामा पर्ने गरेको उपमेयर तामाङ बताउँछिन्।

‘म आफैँ जनप्रतिनिधि महिला हुँ । कार्यस्थलमा महिलाप्रति सहकर्मी पुरुषहरुले गर्ने व्यवहार, होच्याउने प्रवृतिबाट म आफैँले पनि कतिपटक हिंसामा परेको महसुस गरेकी छु’ उपमेयर तामाङ भन्छिन्।

वडा अध्यक्षले वडाका पुरुष सदस्य तथा महिला सदस्यलाई गर्ने व्यवहार नै फरक भएको उनले बताइन्। 

उनले भनिन्, ‘कतिपय अबस्थामा मैले हिंसाविरुद्ध प्रतिकार गरेकी छु । नगरपालिकामा महिलामाथि हुने यस्ता समस्या निराकरणका लागि हामीले क्षमता अभिवृद्धिका लागि अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ।’ 
पितृसत्तात्मक सोच भएको हाम्रो जस्तो मुलुकमा महिलामाथि हुने हिंसात्मक गतिबिधिले जरा गाडेको छ। नेपालमा मात्र नभएर महिलामाथि हुने यस्ता हिंसा विश्वव्यापी रुपमै बढ्दै गएको पाइएको छ। युएन वुमनको एक प्रतिवेदनका अनुसार विश्वमा तीन जनामध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै खालको हिंसा भोग्न बाध्य छन्। 

Xtrem

Xtrem

६६ प्रतिशत महिला घरेलु हिंसामा 

महिलाहरुको हकअधिकारका सम्बन्धमा काम गर्दै आइरहेको संस्था ओरेक नेपालका अनुसार यस वर्ष ९२०७५० मा १ हजार ३ सय १९ वटा हिंसाका उजुरीमाथि  विश्लेषण गर्दा सबैभन्दा ठूलो संख्यामा ६६ दशमलब ७२ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट प्रभावित बनेका छन्। यस्तो हिंसा सबैभन्दा बढी आफ्नै श्रीमान र घर परिवारका सदस्यबाट हुने गरेको अध्ययनले देखाएको छ । महिलामाथि हुने गरेको सामाजिक हिंसा, बलात्कार, यौनिक हिंसा, हत्या, बेचबिखनको अबस्थासमेत निकै विकराल बन्दै गएको छ । 

आयोगमा दैनिक ८ वटाभन्दा बढी हिंसाका उजुरी 

राष्ट्रिय महिला आयोगमा मात्रै दैनिक ८ वटाभन्दा बढी महिला हिंसाका उजुरी आउने गरेको आयोगकी उपसचिव लक्ष्मी पाण्डेले बताइन्। 

वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई श्रीमानले हेप्ने होच्याउने, घरबाट निकाल्ने, कुटपीट गर्नेजस्ता घरेलु हिंसाका उजुरी सबैभन्दा बढी आउने गरेको आयोगले जनाएको छ। त्यस्तै बहुविवाह, बलात्कार, यौनशोषणलगायत कार्यास्थलमा हुने हिंसाका उजुरीसमेत आयोगमा आउने गरेका छन्। 

आर्थिक वर्ष २०७४/०७५ मा परेका ८ सय ३८ उजुरी मध्ये ७ सय ६२ वटा घरेलु हिंसाका उजुरी थिए। आयोगमा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ४ सय ६४ वटा हिंसाका उजुरी परेका थिए। जसमध्ये १ हजार ३ सय १८ उजुरी घरेलु हिंसाका छन्।  
‘आयोगमा महिला हिंसाका घटना बढ्दै गइरहेका छन्। त्यसमध्ये पनि   महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा बढ्दै गएको छ’ आयोगकी उपसचिव पाण्डेले भनिन् । 

आयोगमा आएका उजुरीमाथि छलफल गरी मिलाउने तथा प्रभावितहरुलाई परामर्श दिने गरेको  तथा कानुनी सहायताका लागि पहल गर्ने उपसचिव पाण्डेले बताइन् ।

एक महिनामा एक हजार बढी हिंसाका उजुरी 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा नेपाल प्रहरीका अनुसार कात्तिक महिनामा मात्रै  १ हजारभन्दा बढी हिंसाका उजुरी परेका छन् । जसमध्ये घरेलु हिंसाका ३ सय ४१, जबर्जस्ती करणीसम्बन्धी १ सय ७७, बहुबिबाह का ४७, बालविवाहका ७५, बोक्सी आरोप, एसिड आक्रमण, अवैध गर्भपतनलगायत घटनाका १ हजार बढी उजुरी परेका छन्। 

पछिल्लो समय देशमा बलात्कार, एसिड आक्रमण, बहुविवाह, मानव तस्करी, बेचबिखन लगायतका लैंगिक हिंसाका घटना बढ्दै गइरहेका छन्। यस्ता हिंसाको उन्मुलन गरी लैंगिक हिंसामुक्त मुलुक बनाउने उद्देश्यले गत जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला दिवसका रुपमा मनाउने निर्णय गरेको छ । 

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा मनाउन केन्द्र, प्रदेश तथा स्थानीय तह ऐक्यबद्ध हुने निर्णय भएसँगै हाल देशैभरि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । 

नोभेम्बर २५ देखि सुरु गरिएको १६ दिने अभियान डिसेम्बर १० मंगलबार अर्थात आजबाट सकिँदैछ। 

यस अभियानमा महिला अधिकारकर्मी, तथा महिलाका हकअधिकारका सम्बन्धमा काम गर्दै आइरहेका विभिन्न संघसस्थाहरुले विभिन्न अन्तरक्रियात्मक तथा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । 

यस १६ दिने अभियानले केही हदसम्म महिला हिंसाका घटनामा कमी आउने सरोकारवालाहरुको टिप्पणी छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पनि यस अभियानले महिला हिंसाका घटनामा कमी आउने विश्वास लिएको छ । 
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले १६ दिने अभियानले पनि लैंगिक हिंसा न्यूनिकरणमा निकै महत्वपूर्ण भूमिका राख्ने बताए । 

‘यो अभियानले आम मानिसमा लैंगिक हिंसाबारे चेतना पुर्‍याउने अपेक्षा हामीले लिएका छौँ, हिंसाबारे आम मानिस सचेत भए हिंसा विस्तारै न्यूनिकरण हुँदै जान्छ’ सचिव घिमिरेले भने । 

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्