वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेस र राजपाबीच अग्रताको होड रोचक देखिएको छ।
शुक्रबार बिहानभरिको गणनामा राष्ट्रिय जनता पार्टी (राजपा) का मेयर उम्मेदवार अगाडि देखिएका थिए भने भर्खरै प्राप्त ताजा मतमा राजपालाई कांग्रेसका उम्मेदवारले पछि पारेका छन् । बिहीबार दिनभरिको गणनामा कांग्रेसले अग्रता लिएको थियो । राजपालाई संघीय समाजवादी फोरमका उम्मेदवारले पछ्याइरहेका छन्।
२१ हजार ९०३ मत गणना हुँदा वीरगञ्जका कसको कति मत ?
मेयर/उपमेयर
कांग्रेस ४६८६/५३७५
राजपा ४२१६/३४८८
संघीय स. फोरम ४१०९/३९४२
माओवादी केन्द्र २७०५ /१८५१
एमाले २११३/२५८०
लोकतान्त्रिक फोरम १४६२/११३८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।