• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

गीत रेकर्ड गराउन प्रकाश सपुतले ६ घन्टा कुरेको त्यो दिन...

64x64
नेपाल लाइभ सोमबार, मंसिर २३, २०७६  १४:५५
1140x725

काठमाडौं– अहिले लोकदोहोरी गायनमा स्थापित नाम हो– प्रकाश सपुत। अहिले उनलाई कामको कुनै कमी छैन। स्टेज कार्यक्रमको कुनै अभाव छैन। 

तर, समय यस्तो पनि थियो जतिबेला उनलाई एउटा गीत रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले आज उनका थुप्रै हिट गीत भइरहँदा उनलाई भने ती पुराना पल झन् प्यारा लाग्छन्। 

उनी सानैबाट प्रत्यक्ष दोहोरी गाउँथे, गाउँघर हुने स्टेज कार्यक्रममा प्रस्तुति दिन्थे, स्थानीय प्रतियोगितामा भाग लिन्थे, त्यसैले माइक्रोफोनसँग परिचित थिए। दुइ वर्ष स्थानीय रेडियोमा आरजेका रुपमा काम पनि गरे, त्यसैले स्टुडियोको माहोलसँग परिचित भए।

तै पनि, पहिलो गीत रेकर्ड गराउँदा उनी नर्भस भएछन्। ‘मेरो आफ्नै शब्द, संगीतमा ‘गरिखाने जनतालाई गरिखान देऊ’ गीत रेकर्ड गराएको थिएँ,’ उनी पहिलो गीत रेकर्ड गराउँदाको पल यसरी सम्झन्छन्, ‘बबरमहल (काठमाडौं)को प्रिज्मा स्टुडियोमा रेकर्डिङ भएको थियो। बिहान ११ बजे स्टुडियो पुगेको थिएँ, निकै जोश र उत्साहित। तर, स्टुडियो यति धेरै प्याक थियो कि मेरो पालो साँझ ५ बजेमात्रै आयो। नढाँटीभन्दा पालो आइसक्दा बिहान पुग्दाको जोश नै हराइसकेको थियो।’

पालो ढिलो आउँदा कतिखेर काम सकेर घर जाऊँ भइसकेको थियो। ‘त्यतिबेलाको रेकर्डिङ मलाई त्योभन्दा बढी याद छैन,’ उनले भने। संगीत संघर्षका क्रममा काठमाडौं आएको करिब १ वर्षपछि मात्रै प्रकाशले त्यो पहिलो गीत रेकर्ड गराउने अवसर पाएका थिए।

त्यसपछि उनको दोश्रो गीत ‘मुसुमुसु नहाँस मायाले’ रेकर्ड भएको थियो, अनामनगरको एक स्टुडियोमा। ‘पहिलो र दोश्रो दुवै गीत रेकर्ड गर्दा ममा ठूलो उत्साह थियो तर डरचाँहि खासै थिएन,’ प्रकाश सम्झिन्छन्, ‘किनभने मैले त्यतिबेला सिधैँ स्टुडियोमा गएर गीत रेकर्ड गरेको अवस्था थिएन। म त्यसअघि धेरैपल्ट अरुका गीत रेकर्ड हुँदा स्टुडियोमा पुगेको थिएँ, गीत कसरी रेकर्ड हुन्छ, त्यो प्रक्रियाबारे जानकारी लिएको थिएँ।’ 

तर प्रकाशलाई आफ्नो गीत रेकर्ड हुने दिन ‘एक किसिमको डर’ भने आजका दिनसम्म पनि हुन्छ रे। 

‘‘कस्तो एक किसिमको डर?’

nimb
nimb
Ncell 2
Ncell 2

‘गीत रेकर्ड हुने दिन बिहानैदेखि घाँटी खसाएखसाएजस्तो, के होला, कस्तो होला, गाउँन सक्छु कि सक्दिनँ होला भन्ने डरचाँहि आजको दिनमा पनि हुन्छ,’ प्रकाशले भने। 
 


नामको कथा
‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीत गाएर चर्चा कमाएका प्रकाशको नामको कथा कम रोचक छैन। धेरैलाई जान्ने उत्सुकता होला उनको नाम पछाडि 'सपुत’ किन? 

‘मेरो खास नाम प्रकाश विक हो,’ प्रकाश भन्छन्, ‘पहिलेबाटै साहित्यमा एकदमै रुचि थियो। गाउँका स्थानीय पत्रिकातिर गजल, कविता लेखिन्थ्यो। स्कुलमा पनि भित्तेपत्रिका निकाल्थ्यौँ। एउटा गजल प्रतियोगिताका लागि मैले ‘सपुत’ शब्द प्रयोग गरेँ। दिमागमा झट्ट सोच आयो, ‘मेरो नाममा प्रकाश सपुत राख्यो भने कस्तो सुनिएला, अनि प्रकाश सपुत विक राख्दा लामो सुनिने भएपछि प्रकाश सपुत मात्रै राखेँ।’ 

योभन्दा रोचक कुरा के भने प्रकाशले यसअघि पनि थुप्रै नाम राखिसकेका थिए। वसन्तप्रकाश हरियाली, प्रकाश दुःखी, प्रकाश विरही उनका केही पुराना नाम हुन्। उनले ती पुराना पत्रिका अझै सुरक्षित राखेका छन्, जहाँ ती पुराना नाम भेटिन्छन्। कहिलेकाँही ती पत्रिका पल्टाउँदा, अनि पुराना नाम हेर्दा उनी एक्लै गमक्क परेर हाँस्छन्। ‘जीवनको सौन्दर्य भनेकै यही त रहेछ,’ यति भनेर प्रकाश मुस्कुराए। 

यस्तो लाग्थ्यो, सायद ती पुराना नाम लिइरहँदा उनी त्यहाँ हाँस्न खोजिरहेका थिए तर, मुस्कुराएर हाँसो थामिरहेका थिए। 
 

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
आजदेखि कक्षा १२ को परीक्षा सुरु
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्