लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ च ६९३ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।