काठमडौं– करिब १२ हजार अमेरिकी डलरसहित एक पाकिस्तानी नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।
मालिण्डो एयर मलेसियाबाट काठमाडौं आएका पाकिस्तातानी नागरिक आघा जिंशान हैदर पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
उनको साथबाट अमेरिकी डलर ११ हजार ९ सय ९४ बरामद भएकाे छ। विमानस्थलको आगमन कक्षमा जाँच गर्दा शरीरमा लुकाई छिपाई राखिएको उक्त डलर बरामद भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।