काठमाडौं– विभिन्न लागुऔषधसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ८ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछापका मन्जिल राई र बुढानिलकण्ठ नगरपालिका- ११ प्युटार घर भएका बर्ष २४ का अमृत श्रेष्ठ रहेका छन्।
उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका–११ प्युटारबाट पक्राउ गरिएको हो। उनीहरूको कोठबाट प्रहरीले लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी ६६ एम्पुल बरामद गरेको छ।
त्यसैगरी ब्राउन सुगर २ ग्राम, ट्रामाडोल १०५ ट्याब्लेट, लागुऔषधले भरिएको सिरिञ्ज थान-१, खाली सिरिञ्ज थान १, नगद १७ हजार ५ सय रूपैयाँ मोवाईल ३ थान बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित ३ जनालाई नागार्जुन नगरपालिका– ५ हलचोकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भिमखुरी गाउँपालिका-२ घर भई नागार्जुन नगरपालिका– ५ हलचोक बस्ने बर्ष २७ का गुन्जबहादुर तामाङ, सितापाइला बस्ने बर्ष १९ का जयबहादुर तामाङ र दोलखा घर भई काठमाडाैं नागार्जुन नगरपालिका- ४ सितापाइला बस्ने बर्ष २८ का नारायण तामाङ छन्।
उनीहरूको साथबाट लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी जम्मा १८५ एम्पुल र विभिन्न कम्पनिका मोबाईल- ६ थान नगद ४ हजार बरामद गरेको छ।
यसैगरी महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले ललितपुर महालक्ष्मी नगरपालिका– १० भञ्ज्याङमा चेकिङको क्रममा आइतबार साढे २ किलो गाँजासहित गोरखा घर भई ललितपुर लुभु बस्ने वर्ष २५ का सुमन गुरुङ, लुभुकै निकेश श्रेष्ठ र सुनम महर्जनलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।