काठमाडौं– काभ्रेमा एक महिलामाथि चक्कु प्रहार भएको छ। रोशी गाउँपालिका–१ खहरे बस्ने ६६ वर्षीया महिलामाथि चक्कु प्रहार भएको हो।
चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय कान्छामान तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे। कान्छामानले ती महिलालाई चक्कु प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खहरेपागुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते महिलाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।