काठमाडौं– नुवाकोटबाट ४४ राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बेलकोटगढी नगरपालिका–७ रातमाटे बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोलीसहित आइतबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरी टाेलीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेलापारी दुवै जनालाई पक्राउ गरेको हो। उनीहरुले के प्रयोजनका लागि यति ठूलो परिणाममा गोली राखेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।