रौतहट– रौतहटका १८ स्थानीय तहमध्ये अहिलेसम्म आठ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । सात नगरपालिका र एक गाउँपालिकाको मत परिणाम आउँदा नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ।
कांग्रेसले चार स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले दुई स्थानमा जित हात पारेको छ । यस्तै, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम एक/एक तहमा बाजी मारेका छन्।
कसले कहाँ जिते ?
नेपाली कांग्रेस
चन्द्रपुर नगरपालिका (मेयर रामचन्द्र चौधरी/उपमेयर एमालेकी रामरती चौधरी)
गढीमाई नगरपालिका (मेयर श्यामप्रसाद यादव/उपमेयर सुभद्रा गुप्ता)
परोहा नगरपालिका (मेयर शेष वकिल/उपमेयर सुगन्धीदेवी गिरी)
फतुवा विजयपुर नगरपालिका (मेयर गोपाल राय यादव/उपमेयर माओवादीकी कान्तिदेवी)
माओवादी केन्द्र
मौलापुर नगरपालिका (मेयर रीनाकुमारी साह/उपमेयर गौरीशंकर प्रसाद)
यमुनामाई गाउँपालिका (अध्यक्ष श्रीप्रसाद मुखिया/उपाध्यक्ष गीतादेवी साह)
लोकतान्त्रिक फोरम
इशनाथ नगरपालिका (मेयर सन्तोष मेहता/उपमेयर हुसनी आरा खातुन)
संघीय समाजवादी फोरम
देवाही गोनाही नगरपालिका (मेयर धर्मेन्द्र पटेल/उपमेयर माओवादीकी कौशिल्यादेवी यादव)
मतगणना जारी रहेका स्थानमा कहाँ कसको अग्रता ?
कांग्रेस
गरुडा नगरपालिका
बृन्दावन नगरपालिका
कटहरिया नगरपालिका
दुर्गाभगवती गाउँपालिका
संघीय समाजवादी फोरम
बौधीमाई नगरपालिका
माधव नारायण नगरपालिका
नेकपा एमाले
राजदेवी नगरपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।