काठमाडौं- राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको नाम सिफारिस गरिएको छ।
आइतबार उपसभामुख शिवमाया तुम्बाहाम्फेकाे अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तका लागि पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङलाई सिफारिस गरेकाे छ।
आयुक्तका लागि अधिवक्ता कमला वली र दीपक मैनालीको नाम सिफारिस गरिएको बुझिएको छ।
आयुक्त वली पूर्व एमाले काेटाबाट नियुक्त भएकी हुन्। वली नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाकी श्रीमती हुन्।
मैनाली तत्कालीन माओवादी केन्द्र निकट प्रेस सेन्टरका उपाध्यक्ष हुन्।
उनीहरुको नाम आगामी मन्त्री परिषद् बैठकले अनुमाेदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।