• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

शिक्षा ऐन नवौं संशोधन : भ्रष्ट र बेकामे संरचनाको निरन्तरता

64x64
किशोर दहाल शुक्रबार, असोज ६, २०७४  १३:५८
1140x725

सरकारले मंगलबार राति कार्यसूचीमै नभएको शिक्षा ऐन (नवौं संशोधन) पारित गराएको छ। ५ सय ९२ जना कुल सांसद रहेको संसदमा यो विधेयक पारित गर्दा जम्मा १ सय ५५ मात्र थिए। यो भनेको २६ दशमलब १८ प्रतिशत हो। देशको समग्र विद्यालय क्षेत्रलाई लामो समयसम्म प्रभावित पार्ने यस किसिमको विधेयक छलफल र सार्वजनिक बहसबिना नै पारित गरियो। देश चुनावी अपडेटमा रहेका बखत गलत मनशाय राखेर विरोधको स्वर कम आउने आकँलनका साथ यो प्रयत्न गरिएको छ। 

यससँगै, कहिले राजनीति, कहिले द्वन्द्व, कहिले स्वार्थ र कहिले बेवास्ताले थिलथिलो भएको शिक्षा क्षेत्रलाई अरु कैयौं वर्ष उस्तै भद्रगोल बनाउने प्रयास गरिएको छ। 

यो विधेयकले शिक्षा क्षेत्रमा लामो समयसम्म खराब असर पार्ने स्पष्ट छ। मुख्यगरी, नयाँ शिक्षकलाई विद्यालय शिक्षामा प्रवेश गर्ने बाटोलाई अत्यन्त साघुँरो बनाइएको छ। विधेयक अनुसार अब खुला तर्फबाट केबल २५ प्रतिशत मात्रै छनोट हुनेछन्। जबकि, आठौं संशोधनले नै ५१ प्रतिशत खुलातर्फबाट छनोट गरिने व्यवस्था गरेको थियो।

जसले अस्थायी रहेरै आफ्नो जीवन विद्यालयमा बिताए, उनीहरुलाई उचित क्षतिपूर्ति र सम्मानसहित बिदा गरियोस्। तर, उनीहरुलाई खुसी पार्न नयाँ र उत्साही जमातलाई ‘बन्देज’ लगाउने काम गलत हो। शिक्षा विधेयक मार्फत एकथरिको विगतलाई खुसी तुल्याउने बहानामा लाखौं बालबालिका र मुलुकको भविष्यमाथि खेलबाड गरिएको छ।

सामुदायिक विद्यालयको गुणस्तर विकास हुन नसक्नुको धेरै कारणमध्ये अहिले अध्यापन गराइरहेका शिक्षकहरुको कार्यक्षमता पनि प्रमुख कारण हो। तर, विधेयकमा यो कुरालाई नजरअन्दाज गरियो। बरु, सार्वजनिक शिक्षाको गुणस्तर बिगार्नेहरुलाई कम्तिमा अरु दुई दशक निरन्तरता दिन खोजियो। अझ दुर्भाग्य के छ भने, प्रमुख दलहरुले पर्दाभित्र सहमति गरेर न्यून सांसद संख्या रहेको संसद बैठकबाट रातारात विधेयक पारित गराए। शिक्षा क्षेत्रलाई दलीय राजनीतिको खुला मैदान बनाउन सम्पूर्ण दलहरु एक देखिए।

यहाँ सेनाको संख्या केही मात्रै घटेमा सम्पूर्ण दल र नेताको निदहराम हुन्छ। सेनाको दरबन्दीबारे व्यापक बहस हुन्छ। दलका बैठक रातारात बस्छन्। सार्वजनिक चेतावनी पारित हुन्छ। शान्ति प्रक्रियापछि सेनाले पहिलो पटक पदपूर्तिको प्रक्रिया थाल्दा हामीले दलहरुका यस्ता गतिविधि देखेका छौं। तर, शिक्षकको संख्या वर्षौंदेखि अभाव हुँदा कसैलाई थाहै हुन्न। कसैलाई चिन्ता लाग्दैन। कोही बोल्दैन।

अहिले पनि हजारौं विद्यार्थीले विषय शिक्षक त परको कुरा, पर्याप्त शिक्षकबिना नै विद्यालय शिक्षा पूरा गर्छन्। अधिकांश विद्यालयमा दरबन्दीका शिक्षक छैनन्। विद्यार्थीले अर्को विषयका शिक्षकले पढाएको भरमा जाँच दिनुपरिरहेको छ। उनीहरुले विषयगत शिक्षकमार्फत अध्ययन गर्न पाउनुपर्छ भनेर कोही बोल्दैन। सोचौं त, सेनाको कुनै माथिल्लो तहमा पाँच जना जतिको पद रिक्त भयो भने यो देश कति डगमगाउँछ? सिंहदरबारदेखि शीतलनिवाससम्म कति छटपटी चल्छ? तर, विद्यालयमा वर्षौंदेखि शिक्षकको दरबन्दी खाली छ। कसैलाई चासो छैन।

करिब १७ वर्षसम्म शिक्षकको दरबन्दी नखुलेको देश पनि यही हो। अहिले पनि नियमित दरबन्दी खुलाउन सहज छैन। यसबीच नेताको पाउ मोल्नेहरु शिक्षकमा भर्ती भए, नेताकै सेवा गरे। पार्टीलाई चन्दा बुझाए। निर्वाचनमा सघाए। आज दलहरु तिनकै गुन तिरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गुणस्तरीय, आधुनिक, विश्व सुहाउँदो र सीपमा आधारित शिक्षा पाउनु बालबालिकाको हक हो। यो हकलाई कसैले निमोठ्न पाउँदैन। तर, नयाँ विधेयक यही हक निमोठ्नेतिर उन्मुख छ। शिक्षा भनेकै नयाँ ज्ञान र सीपको छलफल र परीक्षण हुने ठाउँ हो भन्ने जान्दाजान्दै त्यसैलाई बन्देज लगाउने काम भएको छ। 

नवौं विधेयकले खुला प्रतिस्पर्धीका लागि २५ प्रतिशतमात्रै सिट तोकेको छ। यो भनेको एक हजार जना शिक्षकको पदपूर्ति हुँदा २ सय ५० जनामात्रै नयाँ र ७ सय ५० जना पुरानै शिक्षक हुनेछन्। पहिलेदेखि नै विद्यालयमा स्थायी भएर बसेकाहरुलाई समेत जोड्ने हो भने विद्यालयहरुको शिक्षक संख्यामा खुला प्रतिस्पर्धाबाट आउने शिक्षकको अनुपात अझै कम हुनेछ।

यसले विद्यालयमा पहिलेदेखि जुन कर्तव्यहीन र जवाफदेहीविहिन जमात थियो, त्यसैलाई निरन्तरता दिन्छ। विद्यालय शिक्षामा वर्षौंसम्म जागिरे मानसिकताका शिक्षकहरुको नै बोलवाला चल्छ। केही नयाँ गर्छु भनेर विद्यालय पुगेका उत्साहित जनशक्तिलाई पुरानै, भ्रष्ट र बेकामे संरचनामा ढालेर कुरुप बनाइन्छ। प्रत्येकजसो विद्यालयमा प्रधानाध्यापक, प्रशासन र व्यवस्थापन समिति लगायतको जुन छद्म र जटिल माफियाकरण चलिरहेको छ, त्यसैमा समाहित हुनुबाहेक नयाँ शिक्षकसँग विकल्प रहँदैन। त्यसमा पनि अनेकथरीका शिक्षक संगठनहरुको चेपुवा जालोमा नयाँ मान्छे टिक्नै गाह्रो हुन्छ।

पंक्तिकारसँग करिब पाँच वर्ष सामुदायिक विद्यालयमा शिक्षण गरेको अनुभव छ। र, त्यही अनुभवको आधारमा भन्न सक्छु, २५ प्रतिशतलाई प्रभावहीन र भ्रष्ट मानसिकतामा ढाल्न ७५ प्रतिशतलाई दुई वर्ष पनि लाग्दैन। 

नयाँ जोश बोकेर विद्यालय छिरेका जमात केही वर्षभित्रै या त जागिरे मानसिकतामा रुपान्तरित भइसक्छन्, या त निराश बनेर आफ्नो काम गरिरहन्छन्। जागिरे मानसिकता बोकेका र निराशा बोकेका दुवैथरि शिक्षक हानीकारक हुन्छन्। शिक्षण यस्तो पेशा हो, जहाँ सेवाभाव उच्च भएका र आशाले भरिएका जनशक्ति हुनै पर्छ। 

अर्को कुरा, विद्यालयमा ७५ प्रतिशतभन्दा बढी पुरानै शिक्षक भएपछि त्यहाँ विगतको राजनीति पनि निरन्तर रहने नै भयो। विद्यार्थीको मनोविज्ञानभन्दा पार्टीको चुनावी रणनीतिको बढी ज्ञान राख्ने शिक्षकबाट विद्यार्थीले अझै लामो समयसम्म शासित हुनुपर्ने भयो। विद्यालयमा भन्दा पार्टीका कार्यालयतिर बढी भेटिने शिक्षकबाट विद्यालय शिक्षाको वैतरणी कतिञ्जेल तार्न खोजिएको हो?

गुणस्तरीय, आधुनिक, विश्व सुहाउँदो र सीपमा आधारित शिक्षा पाउनु बालबालिकाको हक हो। यो हकलाई कसैले निमोठ्न पाउँदैन। तर, नयाँ विधेयक यही हक निमोठ्नेतिर उन्मुख छ। शिक्षा भनेकै नयाँ ज्ञान र सीपको छलफल र परीक्षण हुने ठाउँ हो भन्ने जान्दाजान्दै त्यसैलाई बन्देज लगाउने काम भएको छ। 

विद्यालयमा जति बढी खुला प्रतिस्पर्धाबाट जनशक्ति ल्याइन्छ उति बढी नयाँपन बोकेका शिक्षकले मौका पाउँछन्। यसले नयाँ सोच, ज्ञान, सीप, संसारलाई हेर्ने नयाँ दृष्टि, नयाँ तर्क एकसाथ कक्षामा प्रवेश गराउँछ। तर, कक्षाकक्षामा पुग्नैपर्ने यस्ता कैयौं कुराका लागि बाटो बन्द गर्न खोजिएको छ। यसले शिक्षा प्राप्तिका नाममा हाम्रा नानीबाबुहरु अरु कैयौं वर्ष पुरानै ‘डेटस्क्पायर’ विचारको बन्दक हुनुपर्नेछ। ८० प्रतिशत विद्यार्थी भद्रगोल शिक्षाको उत्पादन हुन थालेपछि देशको भविष्य कति आशामुखी हुन सक्ला?

गाउँगाउँमा खुलेका शिक्षा संकाय अध्यापन गराउने कलेजहरुले बर्सेनि हजारौंको संख्यामा शिक्षा क्षेत्रका जनशक्तिको उत्पादन गरिरहेको छ। बिएड र एमएड गरेका कैयौं युवायुवती शिक्षण पेशामा जानका लागि अवसर खोजिरहेका छन्। तर, उनीहरुमाथि अन्याय गरिएको छ। 

दलका नेताहरु कतिपयको त निजी विद्यालयमै लगानी छ। उनीहरुका सन्तानले निजी विद्यालयमा पढ्न पाउँछन्। कतिपय नेताका सन्तानले विदेशमा समेत पढ्छन्। उनीहरुले सामुदायिक विद्यालयमा टेक्नै पर्दैन। त्यहाँको भद्रगोल शिक्षा प्रणालीले किचेर ध्वस्त बनाएको दिमाग बोक्नुपर्दैन। वार्षिक परीक्षासम्म पुस्तक नै देख्न नपाउनुको पीडा भोग्नुपर्दैन। कैयौं दिनदेखि शिक्षकको मुख नदेखेको अनुभव लिनुपर्दैन। अब, सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीका बारेमा कसले सोच्ने? 

के मंगलबार राति शिक्षा विधेयक पारित गर्न पक्षमा मत दिने सांसदहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्न सक्छन्? त्यो भद्रगोलमा आफ्ना फूलजस्ता नानीबाबुहरुलाई होम्न सक्छन्? कुनै शंका र अपवाद नराखी भन्न सकिन्छ, सक्दैनन्। सामुदायिक विद्यालय यति जर्जर भइसकेको छ कि, थोरैमात्रै आम्दानी हुनेले पनि बरु तल्लोस्तरकै जिन्दगी बाँच्छ तर आफ्ना छोराछोरीलाई सकेसम्म निजी विद्यालयमा भर्ना गर्छ। सामुदायिक विद्यालयमै होम्ने साहस गर्दैन। सांसदले त झन् कसरी चाहलान्?

त्यसो त यो निजी विद्यालयको सान्दर्भिकता बढाउने छद्म प्रयत्न पनि हो। मंगलबारको संसद बैठकमा गीता राणाले त्यसै भनेकी होइनन्, ‘शिक्षा विधेयक न्यायको पक्षमा छ।’ हुन त उनले लामो समयसम्म विद्यालयमा काम गरेका शिक्षकको न्यायलाई संकेत गरेकी थिइन्। तर, यसको सबैभन्दा ठूलो लाभ त उनैजस्ता निजी विद्यालय सञ्चालकहरुलाई हुनेछ। र, मत्स्य न्यायको न्यायाधीश हुन पाउने सौभाग्य पनि। 

संविधानले ग्यारेन्टी गरिदिएको अनिवार्य र निःशुल्क शिक्षाको धज्जी पनि यसैसाथ उडाइएको छ। सामुदायिक विद्यालय निःशुल्क बाँडिएको विषजस्तो बनाइएपछि संविधानमा जे लेखे पनि के फरक पर्छ र? 

राजनीतिक स्वार्थको नाममा यो हदसम्मको अन्धता थोरै मात्र नैतिकता हुने सांसदलाई नसुहाउने कुरा हो। तर उनीहरु नै विवेकलाई बन्दकी राखेर देशका तमाम तल्लो र मध्यमवर्गका बालबालिकालाई अन्धकारमा धकेल्ने प्रयासमा छन्। 

शिक्षा क्षेत्र ध्वस्त बनाएपछि अरु केही बाँकी रहँदैन; स्वतः ध्वस्त हुन्छ। समाजको अन्य क्षेत्र बिग्रिए पनि शिक्षा क्षेत्र सुदृढ रहुन्जेल सुधारको आश हुन्छ। तर, शिक्षा क्षेत्र ध्वस्त भएपछि केबल एउटै क्षेत्र फस्टाउँछ, त्यो हो राजनीति। बेरोजगार युवाको फ्रस्टेसनलाई राजनीतिक लाभहानीमा रुपान्तर गर्न बहुत सहज देखिँदै आएको छ। र, पछिल्लो शिक्षा विधेयक त्यसैतर्फको बलियो पाइला हो। अनि, मुलुकको दुर्भाग्य पनि।

प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्