काठमाडौं- कृषिलाई थप व्यवस्थित बनाउन सातैवटा प्रदेशका मन्त्रीहरूबीच छलफल भएको छ।
आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री घनश्याम भुसालसहित सातैवटा प्रदेशका मन्त्रीबीच छलफल भएको हो।
स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयन गरी कृषिलाई थप व्यवस्थित गर्दै लैजाने उद्देश्यले छलफल प्रकृया अगाडि बढाइएको मन्त्री भुसालले जानकारी दिए।
‘तीनवटै तहका सरकारबीच समन्वय नहुँदा कृषि क्षेत्रका समस्या सुल्झाउन सकिएको छैन। तथ्यांकमै पनि समन्वयन हुन नसकेका गुनासाहरु आइरहेका छन्। जसले गर्दा योजनाहरु प्रभावित बनिरहेका छन्‚’ मन्त्री भुसालले भने, ‘योजनाहरु पारदर्शी र व्यवस्थित तरिकाले सम्पन्न गर्न तीनवटै तहका सरकारबीच समन्वय आवश्यक छ। हामी अब समन्वयबाटै अगाडि बढ्छौँ।’
अब कृषि मन्त्रालय विवेकबाट नभएर विधिबाट मात्रै चल्ने मन्त्री भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।