काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि मन्त्रालयलाई थप पारदर्शी बनाउन पहल गर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि मन्त्रालयलाई थप पारदर्शी बनाउन अग्रसर रहने बताएका हुन्।
मन्त्री भुसालले भने, ‘प्रशासनलाई पूर्ण व्यवस्थित र द्रुत सेवा विकासका बलमा नीतिगत सुधार गरी मन्त्रालयलाई बढीभन्दा बढी पारदर्शी बनाउन पहल गर्छु।’
कृषि क्षेत्र निकै जटिल भएकाले यसबारे आफूले अझै राम्रोसँग बुझ्न नसकेको उनको भनाइ थियो।
कृषिमा थप अध्ययन गरी केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता मन्त्री भुसालले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।