ललितपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले ३ स्वर्ण जित्दै इतिहास बनाएकी छिन्।
सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा आइतबार भएको ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। उनले यसअघि २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाइल स्वर्ण पदक जितेकी थिइन्।
आइतबार तेस्रो स्वर्ण जित्ने क्रममा उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेण्डमा पूरा गरिन्। योसँगै एउटै साग खेलकुदमा सर्वाधिक स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।
यसअघि शनिबार भएको १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले रजत पदक पाएकी थिइन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।