• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बेलायती चुनाव अघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा

64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १६:०३
1140x725

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन्। 

बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो। ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए। 

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोन्सनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रुपमा चित्रण गर्ने कोशिस गरेका थिए। जोन्सनको भनाइमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन, र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ। 

त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराएका थिए। उनले प्रधानमन्त्री जोन्सन बेलायतलाई हानी गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित भएको दाबी गरे। 

दुवै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्न समेत गरेका थिए। प्रधानमन्त्री जोन्सनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाएका थिए। 

कोर्बिनले प्रत्युत्तरमा ‘नेतृत्वमा विफल हुनै लाग्दा आफू र आफ्नो दलमाथि जोन्सनले अभद्र र अशिष्ट टिप्पणी गरेको¹ बताएका थिए। गत वर्ष एक पत्रिकाको लेखमा जोन्सनले बुर्का लगाएकी मुसलमान महिलालाई चित्रित गर्दै उनीहरुलाई ‘पत्र मञ्जुषा’ भनी टिप्पणी गरेको कोर्बिनको भनाइ थियो।

बिबीसीका पत्रकार निक रोबिन्सनले सञ्चालन गरेको उक्त कार्यक्रममा उनले बेलायती जनताबीच दुई अलोकप्रिय र अविश्वसनीय नेता छनौट गर्नुपर्ने ‘असम्भव विकल्प’ मात्र बाँकी रहेको बताएका थिए। 

बेलायतका दुईजना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गरेका छन्। कन्जरभेटिभ्स पार्टीबाट यसअघि प्रधानमन्त्री बनेका जोन मेजरले ब्रेक्जिटलाई ‘मेरो जीवनकालको सबैभन्दा नराम्रो विदेश नीति निर्णय’ भनेका छन् भने पूर्व लेबर नेता टोनी ब्लेयरले मतदाताहरुलाई एक ‘भयानक’ छनौट मात्र बाँकी रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को बिहीबार हुने चुनावअघि गरिएको पछिल्ला मत सर्वेक्षणहरुले जोन्सनको दलले बढी स्थान जित्ने देखाएका छन्। 

कन्जरभेटिभ्स पार्टीले हाल अल्पसंख्यक सरकार सञ्चालन गरिरहेको थियो, र ब्रेक्जिट गतिरोध अन्त्य नभएका कारण जोन्सनले डिसेम्बर १२ मा पुनः संसदका लागि आमचुनावको मिति तोकेका हुन्। दुई वर्षअघि भएको चुनावले ब्रेक्जिट गतिरोध हटाउन सकेको थिएन। 

विपक्षीको समेत सहमतिमा हुन लागेको यस चुनावमा जोन्सनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा गरेका छन्। उनको भनाइमा यदि कन्जरभेटिभ्सले बहुमत ल्यायो भने ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न संसदमा प्रस्ताव लैजाने छ। बेलायतलाई आगामी जनवरी १ बाट युरोपेली संघबाट अलग गरिने पनि उनले बताए। 

बहसमा जोन्सनको भनाइप्रति असहमति जनाउँदै विपक्षी नेता कोर्बिनले आफू ब्रेक्जिट मामिलामा तटस्थ रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुनुपर्ने बताए। उनले नयाँ ब्रेक्जिट सम्झौताका लागि वार्ता गर्ने वचन समेत दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यदि तपाईंलाई सम्झौता के हो भन्ने नै थाहा छैन भने तपाईं ब्रेक्जिटमा अनिश्चितताको अन्त्य गर्न सक्नुहुन्न, तपाईं के गर्न चहानुहुन्छ,’ जोन्सनले भने, ‘यदि तपाईं यसमा तटस्थ हुनुहुन्छ भने तपाईं सम्झौता गर्न सक्नुहुन्न।’

जोन्सनका विपक्षीहरूले उनका ब्रेक्जिट सम्बन्धी प्रतिबद्धताहरु पनि खोक्रो रहेको बताएका छन्, किनकि युरोपेली संघबाट बाहिरिँदा त्यसबाट महिनौं वा वर्षौंसम्म जटिल व्यापार सम्झौतामा बेलायत अल्झिनुपर्नेछ। 

कोर्बिनको भनाइमा जोन्सनको कार्यकालमा बेलायतका मित्र देशहरु घट्ने र अमेरिकासँगको व्यापार सम्झौताका लागि पनि वर्षौं भौंतारिनु पर्ने अवस्था सिर्जना हुनेछ। उनले उत्पादन र उद्योगमा सात वर्ष पूर्ण अनिश्चितता र निरन्तर रोजगारी गुम्ने स्थिति आउने कुराको संकेत समेत गरेका थिए। 

दुवै नेताले गतहप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गरेका थिए। प्रधानमन्त्री जोन्सनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गरेका थिए। तर‚ नेता कोर्बिनले जोन्सनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरुमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। -रासस

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्