काठमाडौ– स्कुलको गेटमा पुग्नै लाग्दा ट्रकको ठक्करबाट घाइते सहकर्मीको पक्षमा आन्दोलनमा उत्रेका बाँकेका विद्यार्थीमाथि प्रहरीले गोली चलाएको छ।
गोली प्रहारमा दुईजना घाइते भएका छन्। आइतबार बिहान १० बजे ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रगति चन्द घाइते भएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए। ट्रकको ठक्करबाट घाइते प्रगति चन्दलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा कोहलपुरमा दुई विद्यार्थी घाइते भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए। उनका अनुसार दुई छात्रको घुँडामुनि गोली लागेको छ। तीमध्ये एकलाई हेलिकप्टरमा काठमाडौं ल्याइसकिएको छ।

.jpg)

उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

तस्बिरहरूः सुम्निमा कार्की र राजु खड्काको फेसबुक
ट्रकले छात्रालाई ठक्कर दिएपछि तनावग्रस्त कोहलपुरमा कर्फ्यु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।