काठमाडौं- ट्रकको ठक्करबाट एक छात्रा गम्भिर घाइते भएपछि तनावगस्त्र भएको कोहलपुरमा कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो ३ बजेदेखि कर्फ्यु लगाएको हो।
कर्फ्यु लगाउनु अघि जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो। तनावग्रस्त स्थितिलाई साम्य पार्न कर्फ्यु आवश्यक रहेको निष्कर्ष निक्लिएपछि कर्फ्यु लगाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।
त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत घाइते छात्रा प्रगति चन्दलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रगतीलाई उनका बाबुले स्कुल लैजाँदै गर्दा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।