काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा बास्केटबलको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।
आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ७६–६२ अंकले पराजित गर्दै नेपाल सेमिफाइनलमा स्थान बनाएको हो।
यसअघि नेपाल बंगलादेशसँग ६७–६१ अंकमा पराजित भएको थियो।
अब सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दा बंगलादेशले श्रीलंकासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।